×

NMB BANK
NIC ASIA

हिमालको पानी विदेशमा बेचेर समृद्धिमा योगदान गर्छौ : मन्त्री मगर

बैशाख ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काभ्रे, ८ बैशाख -  खानेपानी मन्त्री बिना मगरले जनतालाई खानेपानीको सुविधा पुर्याएपछि हिमालको पानी विदेशमा बेच्ने योजना कार्यान्वयन गरेर खानेपानी मन्त्रालयले समृद्ध नेपाल निर्माणमा योगदान गर्ने बताउनुभएको छ ।

Muktinath Bank

काभ्रेको बनेपा नगरपालिका-१३ बुढाथोकीगाउँस्थित बुढाथोकीगाउँ लिफ्ट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको प्रथम साधारणसभालाई सम्बोधन गर्दै मन्त्री मगरले नेपालका हिमालको खानेपानी विदेशमा बेचेर औद्योगिक तथा आर्थिक विकास गर्न सकिने बताउनुभयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

`सबै जनतालाई स्वच्छ खानेपानी पुर्याउने पहिलो दायित्व हो, सङ्गसङ्गै खानेपानी उद्योग स्थापना गरेर आयआर्जन र रोजगारी सिर्जना गर्न सकिन्छ,´ उहाँले भन्नुभयो । समितिले १० महिनामा सक्ने काम ६ महिनामा सकेकोप्रति प्रशङ्शा गर्दै मन्त्री मगरले भन्नुभयो, `अधिकाश कामहरु ढिला हुन्छन्, १ वर्षमा सक्नुपर्ने काम गर्न २-३ वर्ष लाग्छ । तर, १० महिनामा सक्नुपर्ने खानेपानी आयोजना ६ महिनामै सकेर उदाहरणीय काम गर्नुभएकोमा उपभोक्ता समितिलाई धन्यवाद !´


Advertisment
Nabil box
Kumari

खानेपानी आयोजनामा मोवाइलबाट सञ्चालन र बन्द हुने प्रविधि जडान गरिनु प्राविधिक सोचको व्यवहारिक प्रयोग भएको मन्त्री मगरले बताउनुभयो ।

Vianet communication
Laxmi Bank

तराई र पहाडी क्षेत्रमा स्वच्छ खानेपानीको सहज उपलब्धताका लागि मन्त्रालयले योजना बनाइरहेको मन्त्री मगरले बताउनुभयो । `मन्त्रालयले कर्णाली, भेरी, नारायणी, कोशी लगायतका नदीबाट तराईका जिल्लामा खानेपानीको व्यवस्था मिलाउने योजना बनाइरहेको छ,´ मन्त्री मगरले भन्नुभयो, `पहाडमा डिप ट्युबवेल प्रविधि र लिफ्ट प्रविधिबाट पानी पुर्याउन देशैभरिको योजना बन्दैछ ।´ अहिलेसम्म खानेपानीमा राज्यको ध्यान नपुगेको बताउँदै मन्त्री मगरले अहिलेको स्थिर सरकारले खानेपानीलाई बाटो, बिजुली, शिक्षाभन्दा प्राथमिकतामा राख्ने बताउनुभयो । `पानी संकलनका लागि संघर्ष गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरि सोचिरहेका छौ,´ उहाँले भन्नुभयो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x