×

NMB BANK
NIC ASIA

कार्यकर्ताको नाराबाजीपछि एमाले-माओवादी संयुक्त कार्यक्रमको ब्यानर हटाइयो

बैशाख ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ९ वैशाख- नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा एमाले र माओवादी केन्द्रले आयोजना गरेको संयुक्त कार्यक्रमको ब्यानरमा मार्क्स र लेनिनको फोटो नराखिएको भन्दै कार्यकर्ताले नाराबाजी गरेपछि ब्यानर हटाइएको छ ।

Sagarmatha Cement
Muktinath Bank

ब्यानरमा मार्क्स र लेनिनको फोटो नराखिएको भन्दै विशेषगरी माओवादी कार्यकर्ताले नाराबाजी गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस' लेखिएको ब्यानरमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अलावा नेकपाका संस्थापक नेताहरू पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीको फोटो थियो ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

श्रेष्ठ, अधिकारी र भण्डारीसंगै मार्क्स र लेनिनको पनि फोटो राख्नुपर्ने कार्यकर्ताको माग छ ।

राष्ट्रिय सभागृहमा मध्याह्न १२ बजे शुरु हुने भनिएको कार्यक्रम अझै शुरु हुन सकेको छैन । दोस्रो तहका नेता कार्यक्रमस्थलमा आइसके पनि शीर्ष नेताहरू आइपुगेका छैनन् ।

नाराबाजी गर्ने कार्यकर्तालाई ऊर्जामन्त्री समेत रहेका माओवादी नेता वर्षमान पुन अनन्तले सम्झाउने प्रयास गरेका थिए । त्यति गर्दा पनि नाराबाजी नरोकिएपछि ब्यानर हटाइएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x