×

NMB BANK
NIC ASIA

राप्रपा केन्द्रीय परिषद्को बैठक वीरगन्जमा, ६०० जना सहभागि हुने

बैशाख ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ९ वैशाख - राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले केन्द्रीय परिषद्को बैठक आगामी जेठ पहिलो हप्ता वीरगन्जमा गर्ने निर्णय गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले परिषद्मा केन्द्रीय कार्यसमितिका सदस्य, सांसद, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, महानगरपालिका र उपमहानगरपालिकाका अध्यक्ष र भ्रातृ संगठनका केन्द्रीय अध्यक्ष गरी करिब ६०० लाई सहभागी गराउने निर्णय गरिएको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परिषद् बैठकमा राजनीतिक तथा वैचारिक कार्यदिशासम्बन्धी कार्यपत्र अध्यक्ष थापा, संगठनात्मक सुदृढीकरण कार्ययोजना महामन्त्री एवं संगठन विभागका प्रमुख राजेन्द्र लिङ्देन र प्रशिक्षणसम्बन्धी कार्ययोजना प्रशिक्षण विभाग प्रमुख एवम् प्रवक्ता पाठकले प्रस्तुत गर्ने निर्णय भएको छ । 


Advertisment
Nabil box
Kumari

विधानमा समसामयिक र आवश्यक संशोधन गर्न पार्टीका केन्द्रीय सदस्य गोविन्द खनियाँको संयोजकत्वमा विधान संशोधन सुझाव समिति गठन गर्ने निर्णय गरिएको छ । उक्त समितिको सदस्यमा महामन्त्री डा धवलशम्शेर राणा, केन्द्रीय सदस्य रामबहादुर शाह, अम्बरबहादुर विष्ट र राजु बस्नेत हुनुहुन्छ । 

Vianet communication
Laxmi Bank

परिषद्मा विधान संशोधनसम्बन्धी प्रस्ताव विधान संशोधन सुझाव समितिका संयोजक खनियाँले प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । निर्वाचन परिणामको समीक्षासम्बन्धी प्रतिवेदन केन्द्रीय सदस्य डा विष्णु भण्डारीले प्रस्तुत गर्नु हुनेछ । 

बैठकले मुलुकको वर्तमान परिस्थितिको गम्भिरता, राष्ट्रियता, प्रजातन्त्र र हिन्दूत्व माथिको सम्भावित खतरालाई दृष्टिगत गर्दै सम्पूर्ण राष्ट्रवादी, प्रजातन्त्रवादी शक्ति र विगतमा राप्रपा पृष्ठभूमिमा रहेका सबैलाई एकताबद्ध हुन आग्रह गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

कात्तिक १४, २०८०

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा घरेलु टोली नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । मंगलबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेर...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x