×

NMB BANK
NIC ASIA

'सम्भोग'पछि पीडा हुन्छ ? यी हुन् ध्यान दिनु पर्ने कुरा

बैशाख ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सम्भोगपछि पीडा हुने समस्याबाट कैयौँ महिला गुज्रिरहेका हुन्छन् । अहिलेको अवस्थामा यो त्यति ठूलो चिन्ताको विषय नहुन सक्छ । तर, यसलाई नजरअन्दाज भने गर्नुहुँदैन । किनकि, यसले ठूलो समस्याको रूप पनि लिन सक्छ । चिकित्सकका अनुसार सेक्सुअल रूपमा सक्रिय महिलाले वर्षमा कम्तीमा तीनपटक स्त्रीरोग विशेषज्ञसँग परामर्श गर्नुपर्छ । र, चिकित्सकसँग महिनावारी, शिशुको जन्म र लैंगिक स्वास्थ्यबारे राम्रोसँग खुल्नुपर्छ । त्यस्तै, सम्भोगपछि पीडाको समस्या भए त स्वास्थ्य परीक्षण गरिहाल्नुपर्छ । योनिको संक्रमण, ओबेरियन सिस्ट या एन्डोमेट्रिसको कारण पनि यस्तो हुन सक्छ ।

Muktinath Bank

सम्भोगका क्रममा योनिको मांसपेशी कडा हुने अवस्थालाई भेजिनिसमस भनिन्छ । यस्तो अवस्थामा निकै पीडा हुने गर्छ । यस्तो समस्याले सम्बन्धमा पनि तनावको वातारण सिर्जना गर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


जो महिलाको पेल्भिक सुन्निने गर्छ, त्यस्ता महिलालाई शारीरिक सम्बन्धपछि ऐठन हुने गर्छ । यस्तो महिलालाई पिआइडी, क्लेमाइडिया, यौन सञ्चारित रोग या गोनोरिया पनि हुन सक्छ । पिआइडी भएमा फेलोपिन ट्युब र गर्भाशयसमेत सुन्निने गर्छ । जसका कारण सम्भोगका क्रममा वा पछि दुखाइको अनुभव हुन्छ ।


Advertisment
Nabil box
Kumari

 
केही महिलामा अर्गेज्मपछि पेटको तल्लो भागमा गम्भीर दुखाइ हुने गर्छ । ३५ देखि ५५ वर्ष उमेर समूहका महिलामा यस्तो समस्या भएमा अर्गेज्मको समय दुख्ने गर्छ । त्यस्तो भएमा मेनोपेजको अवस्था आएको सम्झनुपर्छ ।

Vianet communication
Laxmi Bank


फिन्ब्रोइडस भनेको नन कन्सेरस ट्रयुम हो, जुन महिलाको युटेरसमा हुन्छ । यो आमसमस्या हो, जसबाट कुनै खतराचाहिँ हुँदैन । सिस्ट ओभरीमा हुन्छ । कहिलेकाहीँ सिस्ट र फिन्ब्रोइडस दुवैले सम्भोगका क्रममा पीडा दिने गर्छन् । फिन्ब्रोइडसका कारण महिनावारीका क्रममा अत्यधिक रगत बग्न सक्छ । यसकै कारण सम्भोगपछि पेट पनि दुख्ने गर्छ । र, सिस्ट फुट्न जान्छ । यस्तो अवस्थामा चिकित्सकसँग परामर्श लिइरहनुपर्छ ।


पिरियडका समय असावधानीपूर्वक शारीरिक सम्पर्क राख्दा पनि पेटमा दुखाइको समस्या हुन सक्छ । यस्तो अवस्थामा सम्पर्क राख्दा गर्भाशयमा चोट पुग्ने खतरा हुन्छ । किनभने, यस्तो समय महिलाको योनि निकै लचिलो हुन्छ । जसका कारण आरामसँग सम्भोग गर्न सकिने भए तापनि पछि समस्या निम्तिन्छ । यसले गर्भाशयमा पनि चोट
पुग्न जान्छ ।


प्राकृतिक रूपमा शिशुलाई जन्म दिएको केही दिनमै सम्भोग गरेको अवस्थामा दुखाइ हुन सक्छ । यसको मुख्य कारण भनेको शिशुलाई जन्म दिएपछि भेजाइना निकै संवेदनशील हुन्छ । त्यसैले यस्तो वेला शारीरिक सम्पर्कबारे सोच्नुभन्दा पहिले आफैँलाई केही समय दिनुपर्छ ।


संक्रमण भएमा पनि शारीरिक सम्पर्कपछि पेटमा दुखाइ हुने गर्छ । संक्रमणका कारण सम्भोगका वेला पनि कठिनाइ उत्पन्न हुन्छ । अर्को डर के भने यस्तो अवस्थामा शारीरिक सम्पर्क राख्दा संक्रमणका कीटाणु गर्भाशयमा प्रवेश गरेर त्यसलाई पनि प्रभावित पार्न सक्छ ।

जसका कारण पेटको दुखाइ हुन्छ । त्यसैले संक्रमितको समस्या भएमा सम्पर्कको अवस्थामा सावधानी अपनाउन जारुरी हुन्छ । यस्तो अवस्थामा सम्पर्क राख्दा सुरक्षा प्रयोग गर्न पनि जरुरी हुन्छ, ताकि संक्रमण नफैलियोस् ।

-नयाँ पत्रिकाबाट 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x