प्रदेश २ मा थपिएका सार्वजनिक बिदा

काठमाडौं, १० वैशाख– प्रदेश २ मा थप आठ दिन सार्वजनिक बिदा थपिएको छ । संघीय सरकारले तोकेबाहेक प्रदेश २ सरकारले विभिन्न पर्व र दिवसमा बिदा दिने निर्णय गरेको हो ।

छठपर्व, होली, जानकी नवमी, जनैपूर्णिमा, विवाहपञ्चमी र रामनवमीमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । 

मधेस आन्दोलन स्मृति दिवस ५ माघमा पनि सार्वजनिक बिदा दिने निर्णय भएको छ । मन्त्रालयका अनुसार इस्लाम धर्मावलम्बीहरूले मनाउने पैगम्बर हजरत मोहम्मद सल्लाहु वलैहे वसमको जन्मदिन (वारह रविउल्ल औयल)को दिन पनि बिदा दिइनेछ ।

प्रदेश सरकारले थप आठ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको करिब दुई साता बितिसक्दा पनि संघीय सरकारमातहतको मुद्रण विभागबाट प्रकाशन भने भएको छैन । 

बैशाख १०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस