शेयर बजारमा फेरी झट्का, नयाँ वर्षमा पहिलो उच्च गिरावट

बैशाख १०, २०७५

काठमाडौं, १० बैशाख- यो वर्षको शुरुवाती शेयर बजारमा सुधार देखिए पनि सोमबार दोहोरो अंकको ब्रेक लागेको छ । सोमबार कारोबार रकम भने उल्लेख्य बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक २७ दशमलव ६४ अंकले घटेर १४१० दशमलव ८५ अंकमा झरेको छ । सोमबार बजार २७ अंक गुमाउँदै बन्द भएको हो ।


ADVERTISEMENT

सोमबारको कारोबारमा सबै उपसूचक घटेका छन् । बैंक २५.१६, ट्रेडिङ ५ दशमलव ९९, होटल ७८ दशमलव ७८ , विकास बैंक ३१ दशमलव ५४, जलविद्युत ५४ दशमलव ७३, फाइनान्स ९ दशमलव ५९, बीमा ८८ दशमलव ४४, उत्पादन मुलक २९ दशमलव ०८, अन्य १६ दशमलव ७७ र लघुवित्त ३० दशमलव ७८ अंकले घटेका छन् ।

सोमबार १७० कम्पनीका ३१ लाख १४ हजार कित्ता शेयर एक अर्ब ५१ करोड रुपैयाँमा कारोबार भएको छ । जसमा १४५ कम्पनीको शेयर मूल्य घट्यो भने २५ कम्पनीको सेयर मूल्य बढेको छ । सबैभन्दा बढी नेपाल बैंकको नौ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैशाख १०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार