फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
जनकपुरधाम, १२ वैशाख– दुई नम्बर प्रदेशको प्रदेश सभा बैठकमा सांसदहरुले विशेष समय लिएर प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
विशेष समयमा सांसदहरुले सांसदको मर्यादाक्रमदेखि सेवा सुविधा, असुरक्षाका कुरादेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुर भ्रमणसम्मका बिषयमा कुरा राखेका छन् ।
जननिर्वाचित प्रतिनिधिलाई असुरक्षा
प्रदेश सांसद जयनुल राइनले बुधबार प्रदेश सभामा बोल्दै निर्वाचित जनप्रतिनिधिलाई अपराधिक तत्व धाकधम्की दिइरहेको भए पनि प्रदेश सरकारले केही पनि नगरेको भन्दै सदनको ध्यानाकर्षण गराएका छन् ।
सर्लाहीको सुन्दरपुर गाउँपालिकाको एक जना वडा अध्यक्षको घरमा सकेट बम राखेको तथा बिगत १५ दिन देखि लगातार फिरौती माग्दै धम्की दिइरहेको भए पनि प्रहरी प्रशासनले केही पनि नगरेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
घटनाबारे सर्लाहीको प्रहरी प्रशासनलाई पटक पटक जानकारी गराउँदासमेत प्रहरीले हालसम्म न त अपराधीको पहिचान गर्न सकेको छ न त उसलाई कानूनको दायरासम्म ल्याउन सकेको छ भन्दै राजपा नेपालका महोत्तरीका सांसद राईनले भने,‘यो दुई नम्बर प्रदेशमा एकजना जन निर्बाचित प्रतिनिधिको सुरक्षा प्रदेश सरकारले गर्न सकिरहेको छैन भने आम जनताको सुरक्षा कसरी हुने हो ?’
दलितले डेरा पाएनन् !
प्रदेश सभाको बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका सांसद रबिन्द्र बैठाले देशमा कानून बनेको भए पनि मधेशका दलित समुदायमाथिको भेदभाव र छुवाछुत कायमै रहेको बताएका छन् । भेदभाव र छुवाछुट हटाउन जनचेतना जगाउन प्रदेश सरकारले बजेट नल्याएकोमा आपत्ति जनाए ।
दुई नम्बर प्रदेशमा दलित समुदाय सबै समुदायबाट अपहेलित र उपेक्षित छ, सांसद बैठाले भने, ‘प्रदेशको राजधानीमै दलित समुदायले कोठा भाडा समेत पाउन सकिरहेको छैन ।’ चमार, दुसाद,तत्मा,मुसहर,बातर,खत्बे आदि जातिको नाम सुन्ने बित्तिकै जनकपुरमा कुनै पनि घरबेटीले घर भाडामा नदिने गरेको भन्दै बैठाले भने,’आम जनको त कुरै छोडौं, यहाँ नेताहरू समेतले दलित समुदायलाई भेदभाव र छुवाछुत गरेको आफैले पनि अनुभुती गरेको छु ।’
कानून भए पनि ब्यबहारमा कार्यान्वयन नभएकोमा सांसद बैठाले आपत्ति जनाएका थिए ।
जनकपुर अञ्चल अस्पतालको स्तर उन्नती हुन नसकेको भन्दै उनले संरकारको ध्यानाकर्षण गराए ।
अञ्चल अस्पताल रहेकोमा त्यसलाई प्रादेशिक अस्पतालको रूपमा रुपान्तरण गरेर चिकित्सकहरूको दरबन्दी पनि थप्नुपर्ने उनले बताए ।
अन्तर्राष्ट्रिय विमानस्थलको विरोध !
बाराका प्रदेश सांसद पारस प्रसाद साहले विशेष समयमा बोल्दै बाराको नीजगढमा वन बिनास गरेर बनिरहेको अन्तर्राष्ट्रिय विमानस्थलको बिरोध गरेका थिए ।
२०२१ सालको नापीमा प्रदेश नम्बर दुईमा ४६ हजार हेक्टर वन रहेकोमा हाल २६ हजार हेक्टर मात्र वन रहेकोमा निजगढमा ९ सय बिघामा लगाइएको वन बिनास गरेर विमानस्थल बानिरहेकोमा उनले आपत्ति जनाए । ‘नीजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनोस् भनेर मैले भनेको होईन, तर वन मासेर विमानस्थल बनाइनु हुँदैन’ उनले भने ।
अस्पतालमा जनावरलाईसमेत दिन अयोग्य खाना बिरामीलाई
कलैयाको जिल्ला अस्पतालमा जनावरलाई पनि खुवाउन नमिल्ने खाना बिरामीलाई खुवाइएकोमा सांसदले आपत्ति जनाए । सांसद साहले भने, ‘मेडिकल सुप्रीटेन्देंटलाइ सोध्दा ठेक्काका कारण भएको हो भनेर भने ।’ १ सय रुपिया प्रति किलो पर्ने दाल १७ रुपियाँ प्रति किलो, ५० रुपियाँ चामल पर्ने १० रुपियाँ प्रतिकिलो का दरले ठेक्केदारले ठेक्का लिन्छन र रोगीलाई गुणस्तरहीन खाना खुवाईरहेका छन्, उनले भने । ठेक्केदारहरूले कम दरमा ठेक्का लिने नपाउने गरी प्रदेश सरकारले कानून बनाएर पुरै देशलाई मार्गदर्शन गर्नु पर्ने सांसद साहले भने ।
सरकारको भाषण मात्रै भयो काम भएन
प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतको भाषण सुन्दा आफूलाई धेरै खुशी मात्र हुँदैन, गर्ब पनि लाग्छ तर, काम कुरा केही पनि नदेख्दा मन अत्यन्तै खिन्न हुन्छ, नेपाली कांग्रेसका सांसद शिबचन्द्र चौधरीले भने, ‘मुख्यमन्त्रीले भाषणमा सात वटै प्रदेश भन्दा उत्कृष्ट प्रदेश बनाउने भनेर भनिरहेका हुन्छन्, तर केही पनि काम देखिएको छैन ।’ विशिष्ट प्रदेश बनाउन विशिष्ट काम पनि गर्नु पर्यो, तर अबस्था त कति सम्म छ भने प्रदेशमा सरकारले न त कुनै काम गरेका छ, न कुनै हलचल छ,’मात्र शान्त छ, केही काम नपाएर बसे जस्तो । सदनमा त समेत बिजनेस दिइएको छैन ।’
मर्यादाक्रममा आपत्ति
संघीय सरकारले प्रदेश सभाका सांसदहरूको मर्यादालाई अबमुल्यन गरेकोमा समेत सांसदहरू शिब चन्द्र चौधरी र जीत नारायण साहले आपत्ति जनाएका थिए । एउटा सांसदको प्रोटोकल सचिब भन्दा तल राखिएको छ, ११ औं स्थान बाट १४ औं स्थानमा झारिएको छ, यो अन्याय भयो, सांसद चौधरीले भने ।
स्वकीय सचिबको माग
‘भन्नका लागी हामी प्रदेश सभाका सांसद, सभासद, जनप्रतिनिधि छौं , तर हामीलाई सुविधाका लागि एक जना पनि सहयोगी राख्न दिइएको छैन, पर्साका फोरम नेपालका सांसद प्रल्हाद गिरीले भने, ‘अहिलेसम्म हामीले जनकपुरमा घर भन्दा लिएका छैनौं, बीरगंजबाट जनकपुर आउनु पर्छ, एउटा सांसद भएका कारण पनि धेरै कामहरू हुन्छन्, त्यसै कारण पनि सांसदले एक जना स्वकीय सचिबसम्म राख्न पाउनु पर्ने गरी प्रदेश सरकारले सेबा सुबिधा दिओस् ।’
भ्रष्टाचारमा शून्य सहनशील रहने भनेर भनिएको भएपनि अहिले प्रदेश नम्बर दुईको सबै जसो सरकारी कार्यालयहरूमा चरम भ्रष्टाचार भईरहेको भन्दै भ्रष्टाचार रोक्न प्रदेश सरकारको उनले ध्यानाकर्षण समेत गराए । सदन क्रियाशील नभएकाले नै सरकार पनि क्रियाशील नभएकाले सदन क्रियाशील हुने पर्ने गिरीले सभामुख सरोज यादबको ध्यानाकर्षण गराएका थिए ।
बारा जिल्लाको मात्र मुख्यमन्त्री नबन्नुहोस्
राजपा नेपालकी सांसद डिम्पल झाले मुख्यमन्त्री राउत तथा भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनललाई बार जिल्लाको मात्र मन्त्री तथा मुख्यमन्त्रीमा सीमित नहुन ध्यानाकर्षण गराएकी थिइन् ।
बारा जिल्लामा आगलागि हुँदा मुख्यमन्त्री राउत र मन्त्री सोनल आफै राहत लिएर पीडितको घरसम्म पुग्नु भयो तर, १६ चैत्र २०७४ मा रौतहट, सर्लाही,लगायतका जिल्लाहरूमा आंधी तुफानका कारण गरीब दलित जनताको खाप्रिल घरको छाना उडेको अबस्थामा प्रदेश सरकारले कुनै पनि किसिमको राहत उपलब्ध नगराएको भन्दै उनले भनिन्,‘यहाँ सम्म की मैले मुख्यमन्त्रीजी लाई फोन गरेर पनि जानकारी गराएँ,तर, उहांले राहत वितरण गर्नु भएको छैन ।’
त्यसै पनि बिगतको बाढी पीडितहरूलाई हाल सम्म राहत उपलब्ध नगराइएको जानकारी गरौनादी अब फेरी पनि बाढी बाट जोगिन सरकारले के कति तयारी गरेको छ भन्दै प्रश्न गरेकी थिइन् ।
त्यसै गरी राजपा नेपालका सांसद स्ज्रेश कुमार मण्डलले असमान शिक्षालाई हटाउनु पर्ने नीति बनाउनु आबश्यक रहेको बताए । एका तर्फ सामुदायिक विद्यालयहरूमा विद्यार्थीको पहुँच बढाउन अभियान चलाईदै छ भने अर्को तर्फ निजी विद्यालयहरूले चर्को फीस लिएर लूट मचाईरहेको तर्फ सरकारको ध्यानाकर्षण गराएका थिए ।
मठ मन्दिरलाई प्राथमिकता, गुम्बालाई उपेक्षा
प्रदेश सांसद सीता गुरुङले प्रदेश सरकारले पर्यटकीय स्थलको रूपमा बिकास गर्न मात्र मठ,मन्दिर,मदर्शालाई प्राथमिकता दिएको र गुम्बालाई उपेक्षा गरेको आरोप लगाइन् । बिशेष समयमा बोल्दै उनले भनिन्, ‘यो प्रदेशमा रहेका गुम्बाहरुको संरक्षण,सम्बर्द्धन तथा प्रबर्द्धनका लागि सरकारले ध्यान दिएको छैन,मात्र मठ, मन्दिर र मदर्शालाई प्राथमिकतामा राखिएको छ ।’ गुम्बा एउटा धार्मिक स्थल हुनुका साथ् साथै शिक्षा प्रदान गरिने स्थल समेत भएकाले गुम्बाको लागि पनि सरकारले बजेट छुट्याउनुपर्ने उनले बताइन् ।
त्यसै गरी एमालेका सांसद किशोरी साह कमलले पर्सा बन्यजन्तु आरक्षलाई तार बार सहित घेरा लगाउनु पर्ने, धनुषाधामको जंगललाई तारबार सहित घेरेर पर्यटकीय स्थलको रूपमा बिकसित गर्न चिडियाखाना बनाउन बजेट बिनियोजन गर्नु पर्ने बताए ।
त्यसै गरी सदनमा बोल्ने सबै सांसदहरूले नेपालको भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनपुरको समेत भ्रमण गर्ने भएको भन्दै त्यसको स्वागत गरे । उनीहरुले मोदीको स्वागतलाई भव्य तथा व्यवस्थित बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...