×

NMB BANK
NIC ASIA

यी हुन् अहिलेसम्म सबैभन्दा बढी बिकेका 'टप टेन' पुस्तक

पुस २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पुस्तक निकालेपछि बिकोस् र धेरै मान्छेको हातमा पुगोस् भन्ने सबै लेखक प्रकाशकको धोको हुन्छ । कुनै किताबलाई पाठकले औधी रुचाउँछन् र त्यसको राम्रो बिक्री हुन्छ भने कुनै किताब लेखक आफैंले सित्तैमा बाँड्दै हिँड्नुपर्ने गरी झुर हुन्छन् । 

कुन किताब कति बिक्यो भन्ने आधिकारिक आँकडा पाउन गाह्रो छ । धार्मिक पुस्तकहरू बेस्सरी बिक्छन् । बाइबल, कुरान, गीता जस्ता किताबको बिक्रीको अभिलेखै हुँदैन । त्यसैगरी कम्युनिस्ट मेनिफेस्टो र माओका भनाइ भएको पुस्तक पनि धेरै बाँडिएका (बिक्री भएका वा सित्तैमा दिइएका) मा गनिन्छन् । 

आजकल इबूकहरूको प्रचलन आएको अवस्थामा पुस्तक बिक्रीको अभिलेख राख्न सजिलो भएको छ तर हार्डकपी पुस्तकको बिक्रीलाई मात्र यहाँ सन्दर्भ बनाइएको छ । सर्वाधिक बिक्री भएको एउटा पुस्तकलाई मात्र यहाँ राखिएको छ, त्यस पुस्तकको लेखकको सबै कृतिलाई यहाँ गणना गरिएको छैन । 

विभिन्न स्रोतहरूको अध्ययन गर्दा तल दिइएका दश पुस्तक चाहिँ सबैभन्दा बढी बिक्ने किताबको सूचीमा भेटिन्छन् ।

१ अ टेल अफ टु सिटिज — बेलायती लेखक चार्ल्स डिकेन्सको यो उपन्यास पहिलोपटक सन् १८५९ मा प्रकाशित भएको थियो । यो अहिलेसम्म २० करोड प्रति बिकेको विश्वास गरिन्छ ।

२ द लर्ड अफ द रिङ्स — बेलायती लेखक जेआरआर टोल्केनले सन् १९५४ मा प्रकाशित गरेको यो उपन्यास अहिलेसम्म १५ करोड प्रति बिकेको विश्वास गरिन्छ । यसका तीन भोलुम छन् । 

३ द लिटल प्रिन्स — फ्रान्सेली लेखक आत्वाँ दे सेन्ट एक्जुपेरीको यो उपन्यासको अंग्रेजी संस्करण पहिलोपल्ट सन् १९४३ मा प्रकाशित भएको थियो । यो १४ करोड प्रति बिक्री भएको थियो । 

४ एन्ड देन देयर वेर नन — बेलायती लेखिका अगाथा क्रिस्टीको यो मास्टरपिस उपन्यास पहिलोपल्ट सन् १९३९ मा प्रकाशित भएको थियो र अहिलेसम्म यो १० करोड प्रति बिकेको छ । 

५ ड्रीम अफ द रेड च्याम्बर — चिनियाँ लेखक चाओ स्वेकिनको यो उपन्यास पहिलोपल्ट सन् १७९१ मा प्रकाशित भएको थियो । यसको १० करोड प्रति बिकेको विश्वास गरिन्छ । 

६ द हब्बिट — टोल्केनको यो पुस्तक सन् १९३७ मा प्रकाशित भएदेखि अहिलेसम्म १० करोड बिकिसकेको छ । 

७ द लायन, द विच एन्ड द वारड्रोब — बेलायती लेखक सिएस लेविसको उपन्यास सन् १९५० मा प्रकाशित भएयता आठ करोड पचास लाख प्रति बिकिसकेको छ ।

८ सी : अ हिस्ट्री अफ एड्भेन्चर — बेलायती लेखक एच राइडर हागार्डको यो उपन्यास सन् १८८७ मा प्रकाशित भएयता यसका आठ करोड तीस लाख प्रति बिकिसकेका छन् । 

९ द दा भिन्ची कोड — अमेरिकी लेखक ड्यान ब्राउनको उपन्यास सन् २००३ मा प्रकाशित भएयता यसका आठ करोड प्रति बिकिसकेका छन् । 

१० थिंक एन्ड ग्रो रिच — अमेरिकी लेखक नेपोलियन हिलको यो गैरआख्यान सन् १९३७ मा प्रकाशित भएयता सात करोड प्रति बिकिसकेका छन् । 

यसैगरी बेलायती लेखिका जेके रोलिङको ह्यारी पोटर शृंखलाका सबै उपन्यासहरू पाँच करोडभन्दा बढी बिक्री भएका छन् । त्यस्तै अर्की बेलायती लेखिका इएल जेम्सको उपन्यास फिफ्टी शेड्स अफ ग्रे पनि पाँच करोडभन्दा बढी बिक्री भएका छन् ।

सूची हेर्दा बेलायती लेखकको वर्चश्व देखिन्छ । अनि उपन्यास नै सबैभन्दा बढी बिक्ने पनि देखिन्छ । 

एजेन्सीको सहयोगमा

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x