दोहरो अंकले घट्यो शेयर बजार

काठमाडौं, १३ वैशाख– यो साताको शुरुदेखि नै ओरालो लागिरहेको शेयर बजार परिसूचक (नेप्से) मा साताको कारोबार हुने अन्तिम दिन (बिहीवार) दोहारो अंकले गिरावट आएको छ ।

कारोबार बन्द हुनुपूर्व नेप्से २९.२५ अंकले घटेर १३५७.२२ बिन्दुमा झरेको छ ।

यस्तै (क) बर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.०६ अंकले घटेर २८७.०६ बिन्दूमा कायम भएको छ ।

सबैभन्दा बढी गिरावट बिमा समूहमा आएको छ । सो समूहको नेप्से २३१‍.१२ अंकले झरेको छ ।

स्वदेशी लघुवित्तका शेयर लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

बैशाख १३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस