×

NMB BANK
NIC ASIA

राजमार्गको एक ‘अपवाद’ होटल : प्रचण्ड, बाबुरामदेखि रामचन्द्रसम्म ग्राहक

बैशाख १५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुशील पन्त

Sagarmatha Cement
Muktinath Bank

काठमाडौं, १५ वैशाख–राजमार्गको होटल भन्नासाथ दिमागमा आउँछ, ‘गुणस्तरहीन तथा बासी परिकार, फोहोर भान्छा, गुणस्तरको तुलनामा निकै महङ्गो शुल्क....’ आदि । त्यसैले कतिपय यात्रु राजमार्गका होटलमा झट्ट पस्न रुचाउँदैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर पृथ्वी राजमार्गको आँबुखैरेनीबाट केही अगाडि तनहुँको बारादीस्थित राजमार्गमा एउटा होटल छ, जुन राजमार्गका औसत होटलभन्दा फरक रहेको अनुभूति हुन्छ । बारिहबाट झट्ट हेर्दा राजमार्ग छेउका अन्य होटल जस्तै छ, तर भित्र प्रवेश गर्दा केही फरक महसुस हुन्छ । खानाको परिकार पनि अलि बेग्लै ।


Advertisment
Nabil box
Kumari

ढोकाबाट भित्र पस्नेवित्तीकै सबैको नजर एउटा तस्वीरमा पर्छ, जसमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नायिका गरिमा पन्तलाई अवार्ड दिँदै गरेको देख्न सकिन्छ । हो, उनै गरिमा पन्तका दाजु मनुराजाले सञ्चालन गरेका छन्, ‘अ गरिमा क्याफे एण्ड मनुराजा मर्स्याङ्दी फेमिली रेष्टूरेन्ट ।’

Vianet communication
Laxmi Bank

.................

तनहुँका मनुराजा पन्तले युरोपेली मुलुक साइप्रसमा होटल व्यवस्थापन (हस्पिटालिटी) को अध्ययन गरेर झण्डै एक दशक उतै बिताए । कमाइ राम्रै थियो, तर मनुराजालाई स्वदेश फर्कन मन लाग्यो । उनले आफ्नै पुख्र्यौली थलोमा आएर होटल शुरु गरे । ‘विदेशमा आफूले सिकेको सीपलाई सदुपयोग गरौं भनेर यही पेशा अँगालें,’ उनी भन्छन् ।

मनुराजाको होटल छेउछाउ कुनै ठूलो बजार छैन, न त अन्य ठाउँमा जस्तो बाक्ला होटल । तर ग्राहकको कमी छैन । पोखराबाट चितवनसम्ममा ग्राहक आउँछन् । बिहान सबेरैदेखि मध्यरातसम्म आफैँ खटिएका हुन्छन्, मनुराजा । ग्राहकसँग हँसिलो व्यवहार, होटलको ढोका कहिल्यै बन्द हुँदैन र चोरीको समस्या पनि छैन । ‘नेगेटिभ भाइब्स भएको व्यक्ति मेरो कम्पाउण्डभित्र छिर्नै सक्दैन,’ आध्यात्मिक स्वभावका मनुराजा भन्छन्, ‘कहिलेकाहीँ मेरा ग्राहक आएर रातिमा ड्रिङ्क्स गरेर जान्छन्, पछि आएर पैसा दिन्छन् ।’ झण्डै–झण्डै विदेशकै जस्तो छ वातावरण छ ।

बिहान होटलभित्रै शारीरिक व्यायाम गरेर उनी मर्स्याङ्दी नदी किनाराको अकेलादेवी मन्दिरको दर्शन गरी दिनको शुरुवात गर्छन् । राति २ बजेसम्म पनि उनी व्यस्त देखिन्छन्, दुई सहयोगीको साथमा ।

प्रचण्डदेखि बाबुरामसम्म ग्राहक

१२ वर्षसम्म युरोपको होटलमा काम गरेका मनुराजाको होटलमा सरसफाइको कमी छैन । होटलको बाहिरपट्टि लोकल कुखुराका भाले बासिरहेका हुन्छन् । ग्राहकले छानेर खान सक्छन्, साथमा मर्स्याङ्दी नदीका माछा ।

लोकल भनेर ‘गिरिराज’ कुखुरा काटेर ग्राहक झुक्याउनेको बिगबिगी रहेको समयमा मनुराजाले भने त्यसो गर्दैनन् । ‘मेरा ग्राहक स्पेसिफिक भएकाले सकेसम्म अग्र्यानिक खाना खुवाउँछु, गिरिराजलाई लोकन भनेर बेचेर कमाएको पैसाले के सन्तुष्टि दिन्छ ?’ उनी भन्छन् । बरु ग्राहक फर्किन्छन्, तर झुक्किनु पर्दैन । मर्स्याङ्दीको भनेर चितवनको माछा उनी बेच्दैनन् ।

नियमित ग्राहकले खानाका लागि अग्रिम जानकारी दिएका हुन्छन्, त्यसैले भोकै फर्किनु पर्दैन । ‘कोही नयाँ ग्राहक आयो भने भान्सामा खाना बसालेर साग टिप्न बारीमा जान्छु,’ उनले भने ।

मनुराजाको होटलको ख्यातीका कारण त्यस्तै नामका नक्कली होटल खोल्न शुरु गरेका छन्, तर त्यसबाट उनलाई केही प्रवाह छैन । पृथ्वी राजमार्ग भएर हिँड्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईसम्म मनुको होटलका ग्राहक हुन् । सभामुख कृष्णबहादुर महरादेखि कांग्रेसनेता रामचन्द्र पौडेससम्मले मनुको होटलको स्वाद चाखिसकेका छन् ।

‘प्रचण्डज्यूले मर्स्याङ्दीको माछा र अरिङ्गाल खुब रुचाउनु हुँदोरहेछ । नदीको लोकल माछामा हिलोको बास्ना आउँछ,’ उनले लोकान्तरसँग भने, ‘डा बाबुराम भट्टराईले यहीँ बसेर पालुङटार औद्योगिक क्षेत्रको नक्सा कोर्नुभएको थियो ।’ पुत्र प्रकाशको निधन भएपछि भने प्रचण्ड त्यो बाटो हिँडेका रहेनछन् ।

लोकल कुखुराको भालेको मासु, मर्स्याङ्दीको माछा, आफ्नै बारीमा फलेको तरकारी उनकोमा पाइने खाना हुन् । लोकल कुखुराको अण्डा र जैतुनको तेल मिसाएर बनाइएको सलाद उनकोमा पाइने विशेष परिकार हो ।

काममा पूर्ण सन्तुष्टि

युरोपमा बन्दै गरेको पीआर (स्थायी बसोबास अनुमति) छाडेर नेपाल आए उनी । एक छोरा र एक छोरी काठमाडौंमा अध्ययनरत छन् । मनु भने मर्स्याङ्दी किनारामा एक्लै छन् ।

‘आगामी वर्षसम्म होटलको छेवैमा पौडी पोखरी निर्माण गर्ने योजना छ, जुन नेपालमा पहिलो हुनेछ,’ उनले दाबी गरे ‘आफूले गरेको कामप्रति वान हन्ड्रेड टेन प्रतिशत सन्तुष्ट छु ।’ उनको परिवार तनहुँको खानदानी परिवार हो, राजमार्गको दायाँबायाँ प्रसस्त जमिन छ ।

पैसा कमाउनभन्दा पनि पेशाको सम्मानका लागि उनले हस्पिटालिटी रोजे र यसैलाई निरन्तरता दिँदैछन् । ‘व्यापार विस्तारको नाममा मैले अन्यत्र होटल खोल्दिनँ, यहाँ आउने पाहुनालाई सकेसम्म सन्तुष्ट बनाउँछु,’ उनले भने ।

ग्राहकलाई सुनाए कृष्ण सुदामाको प्रसंग

मनुको होटलमा आउने अधिकांश ग्राहक खाना र उनको बोलीबाट प्रभावित छन् । ग्राहकले खानाको प्रशंसा गरेपछि उनले महाभारतको एउटा प्रसंग सुनाए ।

भगवान कृष्णका साथी सुदामा एकदमै गरीब थिए । एकदिन सुदामा कृष्णलाई भेट्न जान लागेका थिए । साथी भेटन जाँदा कोशेली लिएर जानुपर्ने, तर कोशेली केही थिएन । सुदामाले आमासँग कृष्णलाई दिने कोशेली मागे । आमासँग केही थिएन । तर केही नभएपछि आमाले सुदामालाई एक पोका चामलको कनिका दिइन् । कृष्णलाई कनिकाको कोशेली लिएर जानुपर्दा सुदामा खिन्न थिए । तै पनि आमाले दिएको कोशेली लिएर सुदामा कृष्णको घरमा पुगे । गोपिनीहरुसँग खेलिरहेका कृष्णलाई सुदामाले मन खिन्न बनाएर आमाले दिएको कोशेली दिए । तर कृष्णले साथीले दिएको कनिकाको कोशेली स्वाद मानी–मानी खाए । जसले सुदामालाई निकै खुसी र दंग बनायो ।

यो प्रसंग सुनाउँदै मनुले पनि आफूले तयार पारेको परिकारमा ग्राहक सन्तुष्ट भएकोमा खुसी व्यक्त गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x