×

NMB BANK
NIC ASIA

लोकान्तर स्टुडियोमा बाहिरी चक्रपथ आयोजना प्रमुख

उपत्यकामा बाहिरी चक्रपथ : सरकारलाई ल्याण्ड पुलिङ बुझाउनमै वर्षाैं बित्यो [भिडियो अन्तर्वार्ता]

बैशाख १६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १६ वैशाख– करिब १ खर्बको निर्माण लागतमा बाहिरी चक्रपथ विकास आयोजनाको काम अगाडि बढेको छ । सरकारले शहरी व्यवस्थापनका लागि बाहिरी चक्रपथको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेसँगै आयोजनाको काम अघि बढेको हो  । बाहिरी चक्रपथमा पर्ने सतुंगल क्षेत्रको ६ दशमलव ६ किलोमिटर क्षत्रेफलको जग्गा एकीकरणका लागि सरकारले उपत्यका विकास प्राधिकरणलाई जिम्मा दिएसँँगै प्रारम्भिक कार्य शुरु भएको हो । 

Sagarmatha Cement
Muktinath Bank

सरकारले एक किलोमिटरमा स्थानीय जग्गाधनीको सहभागितामा उपभोक्ता समिति बनाएर निर्माण गर्ने नमूना प्रस्ताव बनाएको छ । सम्बन्धित नगरपालिकाका मेयर अध्यक्ष रहने उपभोक्ता समितिलाई नै बजेट उपलब्ध गराएर काम गराउने योजना बनाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाहिरी चक्रपथ निर्माणका लागि ७२ किलोमिटरको आयोजनामा ७२ वटा उपभोक्ता समिति बन्नेछन् । 


Advertisment
Nabil box
Kumari

काठमाडौंमा ३५ दशमलव ०८ किमि, ललितपुरमा १५ दशमलव ८० किमि र भक्तपुरमा २१ दशमलव ०५ किमि रहनेगरी चक्रपथ निर्माण गरिनेछ ।

Vianet communication
Laxmi Bank

चोभारबाट गम्चा, सतुंगल, नैकाप, पूरानो भञ्ज्याङ, सीतापाइला, गोंगबु, टोखागाउँ, चपली, चुनिखेल, गोकर्णेश्वर हुँदै थलीडाँछी हुँदै दुवाकोट, सिर्जनानगर, दधिकोट, लुभु, विष्णुडोल, हरिसिद्धी, धापाखेल बुङ्मती हुँदै चोभारमै जोडिनेछ । यसमध्ये पहिलो चरणमा चोभार–सतुंगल खण्डमा नयाँ ट्र्याक खोल्नेसहित वस्ती विकासको पूर्वाधार निर्माण शुरु हुने तयारीमा छ । 

बाहिरी चक्रपथ आठ लेनको हुनेछ । सडकका दुवै भागमा साइकल ट्रयाक रहनेछ भने ग्रिन बेल्टसहित किनारामा फुटपाथ पनि विकास गरिनेछ । सडक, फुटपाथ र साइकल ट्र्याकसहित ५० मिटर फराकिलो जमिन प्रयोग हुनेछ ।
चक्रपथको दायाँबायाँ २५० मिटर जग्गा एकिकरण गर्दै सडक, विद्युत, खानेपानी, सार्वजनिक पार्क, पिकनिक स्पट, विद्यालय, अस्पताल, खुला स्थान, सपिङमल, मनोरञ्जन स्थललगायत पूर्वाधारको व्यवस्थित बस्ती विकास गर्ने योजना राखेको छ ।

उपत्यकाको ग्रामीण र शहरी क्षेत्रको सेवा सुविधाका लागि पहुँच पुग्ने विश्वास गरिएको छ । बाहिरी चक्रपथमा पर्ने जग्गाको बिक्री वितरण आयोजनाले यसअघि नै रोकिसकेको छ । ल्याण्ड पुलिङ सिस्टमार्फत बन्न लागेको चबाहिरी चक्रपथमा पनि जग्गा एकिकरणको विवाद भने देखा परिसकेको छ । यसलाई कसरी व्यवस्थापन गरिनेछ । 

नेपालको शहरी विकासका लागि मानक बन्ने भनिएको बाहिरी चक्रपथ कहिले निर्माण भइसक्छ त ? हामीले यो प्रश्न बाहिरी चक्रपथ विकास आयोजना प्रमुख दीपक श्रेष्ठलाई सोधका थियौं । जवाफमा आयोजना प्रमुख श्रेष्ठले अबको ५ वर्षभित्र बाहिरी चक्रपथ बनिसक्ने बताए । 

लोकान्तरकर्मी मनीषा अवस्थीले आयोजना प्रमुख श्रेष्ठसँग बाहिरी चक्रपथसँग सम्बन्धित अन्य विषयमा पनि कुराकानी गरेकी छन् ।

प्रस्तुत छ श्रेष्ठसँगको कुराकानीको सम्पादित भिडियो अंश, 

hAMROPATRO BELOW NEWS
TATA Below
साउन २८, २०८०

कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो । पार्क क्षेत्रमा कर्णाली न...

फागुन २८, २०७५

काठमाडौं – प्रगतिशील विचार लेखनमा खगेन्द्र संग्रौला परिचित नाम हो । सरकारका कार्यशैलीविरुद्ध उनी सधै आलोचनात्मक लेख्छन् । सत्ताविरुद्ध जहिले पनि आलोचनात्मक हुने संग्रौलाको लेखनशैली, सरकारका पछिल्ला गतिविध...

पुस २४, २०७५

काठमाडौं – कमल थापा राजनीतिका चतुर खेलाडी हुन् । थापा नेतृत्वको राप्रपाले राजा र माओवादी समेत अट्ने लोकतन्त्र र हिन्दूराष्ट्र पुनर्स्थापनाको एजेन्डा बोकेर राजनीति गरिरहेको छ । थापाले केही दिनअघि पूर्वर...

फागुन १०, २०७५

काठमाडौं – लोकगायक पशुपति शर्माको ‘लुट कान्छा लुट’ बोलको गीतविरुद्ध वक्तव्य निकालेपछि नेकपा निकट युवासंघ यतिबेला चर्चामा छ । युवासंघकै दबाबमा शर्माले गीत युट्युबबाट हटाएको चर्चा राष्ट्रिय...

चैत २६, २०७५

काठमाडौं – देवेन्द्र पौडेल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हुन् । प्रतिनिधिसभा सांसद समेत रहेका नेकपाका प्रभावशाली नेता पौडेल नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई ...

पुस १६, २०७५

काठमाडौं – कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा आइसकेपछि नेपालमा भयाभह समस्याको रूपमा रहेको लोडसेडिङ अन्त्य भयो । नेपालमा उत्पादित विद्युत् मात्र नभई भारतबाट आयात गरिएको विद्युत् वितरणको सही ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x