×

NMB BANK
NIC ASIA

रातो मच्छिन्द्रनाथको रथयात्राका बेला किन पर्छ पानी ?

बैशाख १७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

ललितपुर, वैशाख १७ गते- वर्षा र सहकालका देवताका रूपमा पूज्य रातो मच्छिन्द्रनाथको रथयात्राका बेला किन वर्षा हुन्छ ? धर्म संस्कृतिमा विश्वास गर्नेहरू यसलाई दैविक शक्तिका रूपमा व्याख्या गर्छन् भने वैज्ञानिकहरू नियमित मौसमी चक्रलाई कारण देखाउँछन् । 

Muktinath Bank

मच्छिन्द्रनाथ र वर्षासँगको तादात्म्य के छ ? यो अलौकिक हो वा प्राकृतिक वा वैज्ञानिक प्रणाली यसमा अध्ययन अनुसन्धान हुन आवश्यक देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले प्रायः मच्छिन्द्रनाथको रथयात्रा ‘प्रिमनसुन’को समयमा हुने गरेको बताउनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पौडेलका अनुसार ‘प्रिमनसुन’को बेला खण्डवृष्टि हुने, चट्याङ् पर्ने एकैछिन घाम लाग्ने त्यसपछि पानी परिहाल्ने गर्छ । मार्च अप्रिल हुँदै मेसम्म मनसुनको सक्रियता बढ्दै जाने र यो अवधिमा वर्षा हुने समेत उहाँले बताउनुभयो । 
महाशिवरात्रिका बेला, पखेटा भएका कमिला देखा परेमा र चराचुरुङ्गीले पखेटा फिँजाएर सुत्दा पानी पर्छ भनिन्छ । यस्तै मच्छिन्द्रनाथको रथयात्रा हुँदा पनि पानी पर्छ भनिन्छ यसका विषयमा ज्योतिषीय आधारमा आफ्नै कथन होला तर यी विषय वैज्ञानिक तवरबाट मान्य नभएको जानकारहरूको भनाइ छ । मौसमविद् पौडेलले यी विषयमा अध्ययन अनुसन्धान हुनुपर्ने बताउनुभयो । 


Advertisment
Nabil box
Kumari

नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्यसचिव एवम् पञ्चाङ्गकार ज्योतिष सूयप्रसार्द ढुङ्गेल मच्छिन्द्रनाथको शक्तिले वर्षा हुने गरेको दाबी गर्नुहुन्छ । उहाँ थप्नुहुन्छ , ‘मच्छिन्द्रनाथको रथयात्रामा जहिल्यै पानी परेकै हुन्छ देवताको शक्तिको यथार्थ आजका नवपुस्ताले पनि अनुभव गर्न पाएका छन् यो अलौकिक हो । ’  

Vianet communication
Laxmi Bank

रथयात्रामा पानी पर्ने नै भएकाले मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवता भनेर स्तुति गरिएको हो, रथयात्रा गरिएको हो पानी पर्ने मौसम भनेर यात्रा गरिएको होइन, उहाँले भन्नुभयो । जाउलाखेल जात्रा व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण महर्जन १२ वर्षसम्म वर्षा नभएर अनिकाल लागेपछि भारतको आसामबाट मछिन्द्रनाथलाई नेपालमा ल्याइएको बताउनुहुन्छ । त्यसपछि जात्राका बेला वर्षा हुन थालेको उहाँले बताउनुभयो । 

मौसमविद् पौडेलले पृथ्वीको परिक्रमा, आकाशगङ्गा र सौर्यमण्डल लगायतको अध्ययन अनुसन्धानपछि मात्रै मच्छिन्द्रनाथको रथयात्राका समयमा किन पानी पर्छ भनेर भन्न सकिने बताउनुभयो । हामीले जानेअनुसार यो हावापानीको हिसाबले प्रिमनसुनको समय हो । ‘ज्योतिषीले रथयात्राको साइत तोक्ने र मौसमविद्ले उसै दिन पानी पर्छ भनेर पूर्वानुमान घोषणा गर्ने गणनाबीच के तादात्म्य होला, यो कौतुहलको विषय हो’, ज्योतिर्विज्ञान मञ्चका अध्यक्ष ज्योतिषी डा. सुनिल सिटौलाले प्रश्न गर्नुभयो ।

अझै केही दिन वर्षा

मुुलुकभरि अझै केही दिनसम्म पानी परिरहने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बिहीबारसम्म मुलुकभरि नै मेघ गर्जनसहित पानी पर्ने सम्भावना बढी रहेको बताउनुभयो । 

स्थानीय वायुसँगै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा नेपालमा मिसिएका कारण अहिले मुलुुकभरि ‘प्रि मनसुन’ सुरु भएको उहाँले बताउनुभयो । यही कारण पानी परिरहेको बताउनुहुँदै उहाँले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अहिले ‘प्रि मनसुन’ सक्रिय भएको जानकारी दिनुभयो ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x