मंसिर १४, २०८०
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
जनकपुरधाम, १८ वैशाख–मधेस आन्दोलनका एक घाइतेले आफ्नो सन्तानको अभिभावकत्व ग्रहण गर्न तथा श्रीमतीलाई जागिर दिन प्रदेश सरकारसँग माग गरेका छन् ।
प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयमा १४ वैशाख २०७५ मा निवेदन दर्ता गराउँदै जनकपुर उपमहानगरपालिका- १२ का सुनिलकुमार दासले आफ्ना सन्तानको शिक्षाका लागि छात्रवृत्ति उपलब्ध गराउन माग गरेका हुन् ।
दासले दिएको निवेदनमा आफ्ना दुई छोराको शिक्षाका लागि स्थानीय, प्रदेश वा देशभित्रका कुनै राम्रो विद्यालयमा शिक्षा दिने इच्छा व्यक्त गर्दै छात्रवृत्ति मिलाइदिन माग गरिएको छ ।
‘घाइते भएपछि म पनि बेरोजगार छु, स्नातक उत्तीर्ण गरेकी श्रीमती पनि बेरोजगार रहेकाले घर परिवार चलाउन श्रीमतीलाई प्रदेश सरकारले रोजगारी दिने नै छ भन्ने विश्वास गरेको छु,’ दासले दिएको उक्त निवेदनमा भनिएको छ ।
प्रदेश सरकार गठन भइसकेको अवस्थामा देशमा संघीयता आउनुमा विगतका मधेस आन्दोलनको विशेष भूमिका रहेको कुरालाई नकार्न सकिन्न भन्दै उनले आफ्नी श्रीमतीको रोजगारी तथा सन्तानहरूको शिक्षाको व्यवस्था गरिदिन निवेदनमार्फत प्रदेश सरकारसँग माग गरेका छन् ।
मधेस आन्दोलनका क्रममा २५ भदौ २०७२ का दिन मधेसी मोर्चाले ‘चलु जनकपुर भरु जनकपुर’ कार्यक्रम आयोजन गरेको थियो । सोही दिन जनकपुर उपमहानगरपालिकाको वडा नम्बर १२ स्थित आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर उनी घाइते भएका थिए ।
नेपाली कांग्रेसका क्रियाशील सदस्यसमेत रहेका सुनिल आन्दोलनमा सहभागी भएका थिएनन्, तर प्रदर्शनका क्रममा उनकै गाउँका कामेश्वर पण्डित र बिट्टु झा प्रहरीको गोली लागि घाइते भएपछि उनीहरूलाई जोगाउन जाँदा दासलाई गोली लागेको थियो । ‘उनीहरूलाई जोगाउन त्यहाँ पुगेपछि प्रहरीले चलाएको तीनवटा गोली लागेर म पनि ढलेँ, पछि साथीहरूले उपचारका लागि जनकपुर अञ्चल अस्पताल पुर्याए पनि चिकित्सकले काठमाडौं रिफर गरिदिए,’ दासले भने, ‘काठमाण्डौ स्थित वीर अस्पतालमा डेढ महिना जति राखियो, दुईवटा गोली त चिकित्सकले निकाले, तर तेस्रो गोली निकाल्न सकेनन्, अझै पनि शरीरभित्रै छ ।’ त्यसका कारण शरीरमा अझै दुखाइ महसुस हुने गरेको उनले बताए ।
कम्मर, पेट र तिघ्रामा गरी तीनवटा गोली लागेको भए पनि कम्मरको गोली निकाल्न नसक्दा सुनिल बेकामे मात्र बनेका छैनन्, सामान्य हिँडडुलमै पनि खुट्टा भाँचिने गर्छ । अहिलेसम्म उनको दुईपटक खुट्टा फ्याक्चर भइसकेको छ । ‘गोली लागेपछि शरीर भित्रको हड्डी भाँचिए, सेक्रल बोन त ध्वस्त नै भइसकेको थियो, आन्द्राहरूमा प्वाल परेको थियो, किड्नी, मुत्रथैली लगायतमा असर परेको थियो,’ उनले भने ।
उपचार खर्च नेताले लिए !
‘उपचारका क्रममा करीब १० लाखसम्म खर्च भयो, पछि नेपाल सरकारले तत्काल ३ लाख रुपैयाँको चेक मेरो नाममा दियो, तत्कालीन सद्भावना पार्टी (हाल राजपा)का नेता मनिष सुमनले त्यो चेक साटेर पैसा त लिए, तर मलाई दिएनन्,’ उनले भने, ‘मनिष सुमनले तपाईंहरूको उपचारमा पार्टीले पनि खर्च गरेका कारण त्यो रकम पार्टीले लिन्छ, भन्दै रकम लिए ।’
उपचारमा आफ्नो परिवार र शुभचिन्तकहरूले खर्च गरेको १० लाखरूपैयाँ उपलब्ध गराउनेबारे मधेसवादी दलका कुनै पनि नेताले चासो नदिएको उनको गुनासो ।
बिमलेन्द्र निधी गृहमन्त्री बनेपछि उनले २ लाख उपचार खर्च उपलब्ध गराए । त्यसका लागि सुनिलकै गाउँ कुवा रामपुरका कांग्रेस सभापति मनोज साहले पहल गरेका थिए ।
उनी अहिले पनि उपचारका लागि तीन–तीन महिनामा काठमाडौं पुग्नुपर्छ । १ वर्षसम्म त उनले मासिक करीब १० हजारको औषधि किने । अहिले पनि मासिक ३ हजार रुपैयाँसम्मको औषधि किन्नु परेको छ । फिजियो थेरापी गराउन नै मासिक १५ हजार लाग्थ्यो, अहिले उनले ३० हजारमा आफ्नै मेसिन किनेर थेरापी गरिरहेका छन् ।
घाइते हुनुअघि उनी प्लम्बर तथा टायल बिछ्याउने काम गर्थे । औसतमा मासिक २० हजार रुपैयाँ आम्दानी हुन्थ्यो, तर अहिले बुवामै पूर्णरूपमा आश्रित हुनुपर्दा उनको मन खिन्न हुन्छ ।
सुनीलका बुवा रामप्रसाद दास आफ्नो छोराको पीडा कसैले पनि बुझ्न नसकेको गुनासो गर्छन् । ‘मधेस आन्दोलनका शहीद र घाइतेहरूको बलिदानीका कारण ती मधेसवादी नेताहरू सत्तामा समेत पुगिसके तर, एकदिन पनि मेरो छोराको हालखबर बुझ्न आएनन्,’ रामप्रसादले भने ।
सुनिलका छ वर्षीय छोरा सिद्धार्थ दास जनकपुरकै एक निजी विद्यालयमा २ कक्षामा पढिरहेका छन्, कान्छा छोरा ५ वर्षीय सुशान्त दास १ कक्षामा भर्ना भएका छन्,’ सुनील भन्छन्, ‘मेरा ती छोराहरूको शिक्षाको खर्च प्रदेश सरकारले व्योहोरोस्, वा विद्यालयमा छात्रवृत्ति दिलाओस् ।’
अहिले सामुदायिक विद्यालयहरूमा विद्यार्थी भर्ना गराउने क्रममा देशका प्रधानमन्त्री, शिक्षामन्त्री, मन्त्रीहरू, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीदेखि स्थानीय तहका मेयर र वडाध्यक्षसम्मले अभिभावकत्व ग्रहण गरिरहँदा घाइते सुनिलले पनि आफ्ना छोराहरूको अभिभावकत्व कसैले ग्रहण गरिदेओस् भन्ने अपेक्षा व्यक्त गरेका हुन् ।
उसो त प्रदेश नम्बर २ को सरकार गठन भएकै दिन ३ फागुन २०७४ मा मुख्यमत्री लालबाबु राउतको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले मधेस आन्दोलनका क्रममा शहादत दिएका शहीद परिवारको राहतका लागि प्रतिपरिवार एक व्यक्तिलाई रोजगारी दिने निर्णय गरेको थियो । तर त्यो निर्णय हालसम्म कार्यान्वयनमा आउन सकेको छैन ।
यसैबीच राष्ट्रिय जनता पार्टीका महासचिव मनीष कुमार सुमनले आफूले कुनै शहीदको नामको पैसा नलिएको स्पष्ट पारेका छन् ।
मधेस आन्दोलनका घाइते सुनीलकुमार दासले लगाएको आरोपको खण्डन गर्दै मनीषले आफ्नो चरित्रहत्या गर्न खोजिएको गुनासो गरे । ‘मैले आजसम्म कसैको एक पैसा पनि लिएको छैन्, सुनिलकुमार दासको आरोप झुठो हो’ मनीषले भने । प्रदेश सांसद समेत रहेका सुमनले आफूले त्यो घाइतेलाई नचिन्ने समेत दाबी गरे ।
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...