×

NMB BANK
NIC ASIA

काष्ठमण्डप पुनःनिर्माण गर्न जुरमुराए जनप्रतिनिधि

बैशाख १८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, १८ वैशाख– भूकम्प गएको तीन वर्ष बित्दा पनि विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको काष्ठमण्डप पुनःनिर्माण शुरु हुन सकेको छैन । 

गत वर्ष वैशाख २९ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका र काष्ठमण्डप पुनर्निर्माणका लागि अभियानका बीच सम्झौता भएको थियो । सम्झौता अनुसार अभियानलाई पुनःनिर्माणको जिम्मेवारी दिएको थियो । 

स्थानीय तह निर्वाचनपछि महानगरमा जनप्रतिनिधि निर्वाचित भएपछि काष्ठमण्डप पुनःनिर्माणको इच्छा व्यक्त गरेका थिए । काम गर्ने जोशका साथ आएको निर्वाचित प्रतिनिधिलाई पुनःनिर्माणको जिम्मेवारी दिएको एक वर्षसम्म पनि सिन्को भाँचिएन । 

काठमाडौँ नामकरण भएको उपत्यकाको प्रमुख सम्पदा काष्ठमण्डप पुनःनिर्माण शुरु गर्न सरोकार भएका निकायले अझै ध्यान दिएका छैनन् । सरोकार भएका निकाय एक अर्कालाई दोषारोपण गरेर उम्कँदै आएका छन् । 

महानगरपालिकाका निर्वाचित जनप्रतिनिधि र प्रदेशसभाका सदस्यले आज काष्ठमण्डप पुनःनिर्मााणका लागि छलफल प्रारम्भ गरे । 

छलफलमा प्रदेशसभा सदस्य राजेश शाक्य, कामपा वडा नं २० अध्यक्ष राजेन्द्र मानन्धर, वडा नं २१ का अध्यक्ष उदय चुडामणि बज्राचार्य, वडा नं २३ का अध्यक्ष मचाराजा महर्जन, वडा नं २४ का अध्यक्ष बालकृष्ण श्रेष्ठ लगायत निर्वाचित सदस्य एवम् स्थानीयवासीको सहभागिता थियो । 

छलफलले प्रदेशसभा सदस्य शाक्यको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गरेको वडा नं २४ का अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए । समितिमा उपस्थित वडा अध्यक्ष एवम् स्थानीयवासीलाई सदस्यको जिम्मेवारी दिइएको उनले बताए । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x