संसारमा कुनै धर्म नहुँदा पनि अस्तित्वमा थियो ऊँ, यस्तो छ ऊँकारको महत्व

बैशाख १९, २०७५

काठमाडौं,  — ऊँ एउटा शब्द मात्र नभएर आफैंमा पूरा ब्रह्माण्ड हो । हिन्दु धर्ममा यसलाई अत्यन्त पवित्र चिह्नका रूपमा लिइन्छ । ऊँलाई शान्तिको प्रतीक मानिन्छ । यो साधारण धार्मिक चिह्न होइन । यसले त धर्म, अर्थ, काम र मोक्ष सबै दिलाउँछ । 

ऊँको उच्चारण गर्दा ब्रह्माण्डमा लुकेका सबै ऊर्जालाई आफूमा समाहित गर्न सकिन्छ । यसो गर्दा मानसिक विकार टाढा भाग्छन् । ऊँको महत्व हिन्दु धर्मले मात्र स्वीकार गरेको नभई सबैले यसलाई महत्वपूर्ण मान्छन् ।


ADVERTISEMENT

सबै वेदमन्त्रहरू ऊँबाट नै शुरू हुन्छन् तर महत्वपूर्ण कुरा यो शब्दले हिन्दु मुसलमान क्रिस्चियन भन्दैन । संसारमा कुनै पनि धर्म नहुँदा पनि ऊँ अस्तित्वमा थियो । त्यतिखेर मानवता मात्र व्याप्त थियो । त्यसैले ऊँ मानवताको चिह्न हो ।

विभिन्न धर्मले ऊँलाई फरक फरक उच्चारण गर्छन् ।

मुसलमानहरू ऊँलाई आमीन भन्छन् । क्रिस्चियनहरू एमन भन्छन् । बौद्धहरूको प्रमुख मन्त्र ऊँ मणिपद्मे हुँ हो । सिखहरू इक ओंकार भन्छन् अनि त्यही ऊँकारको गुणगान गर्छन् ।

अंग्रेजी शब्द ओम्नीको अर्थ हुन्छ अनन्त । क्रोएशियाली भाषामा ओकोले ऊँको अर्थ दिन्छ । इन्डोनेशियामा उन्तुकले ऊँ जनाउँछ ।

मानव जीवनमा ऊँको ठूलो योगदान छ । यसैमा संसारका सबै ध्वनिहरू निहित छन् ।

महाशक्तिशाली ऊँले रोग र मोहमायालाई निर्मूल गरिदिन्छ ।

बैशाख १९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार