फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ

बैशाख १९, २०७५

काठमाडौँ, १९ वैशाख - नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यवृद्वि गरेको छ । 

आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा दुई र डिजेल र मट्टितेलमा तीन÷तीन रुपैयाँ मूल्य वृद्वि गरेको हो । 

मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर रु १०८ हुनेछ भने डिजेल र मट्टितेल प्रतिलिटर रु ९० पुगेको छ । खाना पकाउने ग्यासको भाउ भने यथावत रहेको निगमले जनाएको छ । 

बैशाख १९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस