×

NMB BANK
NIC ASIA

आन्तरिक उडानका लागि विमान भित्र्याउन प्रतिस्पर्धा, क-कसले भित्र्याउँदैछन् नयाँ विमान ?

बैशाख २०, २०७५

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं, २० वैशाख (रासस) : आन्तरिक उडानमा रहेको निजी वायु सेवा कम्पनीले सुगम गन्तव्यमा उडाउने लक्ष्यका साथ ठूला छ विमान भित्र्याउन लागिपरेका छन् । 

Muktinath Bank

निजी क्षेत्रका प्रतिष्ठित बुद्ध एयर, यति एयरलाइन्स, श्री एयर र सौर्य एयरलाइन्सले प्रतिस्पर्धी बजारमा उपस्थिति जनाइराख्न ठूला विमान ल्याउन लागेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बनाएर भद्रपुर, विराटनगर, जनकपुर, पोखरा, धनगढी, नेपालगञ्ज र भैरहवामा नियमित उडान गर्ने लक्ष्यका साथ ठूला जहाज ल्याउन लागिएको विमान सेवा प्रदायक कम्पनीले जानकारी दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धेरैजसो विमानस्थलमा रात्रिकालीन उडान तथा अवतरणको सुविधासमेत उपलब्ध भएको र त्यस्तो सुविधा नभएका विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक लगानी विस्तार गरेपछि निजी वायु सेवा प्रदायकले बजार विस्तारलाई आक्रामक बनाएका हुन् ।


Advertisment
Nabil box
Kumari

प्रतिस्पर्धी बजारमा उपस्थिति जनाउन र सहज सेवा दिएर व्यवसाय गर्ने लक्ष्यका आधारमा ठूला तथा मझौला आकारका विमान भित्र्याउन उनीहरु लागिपरेका हुन् । हवाई सेवा तथा सुविधा खोज्ने यात्रुको संख्यामा समेत बढोत्तरी भएको र आन्तरिक हवाई यात्रुको संख्यामा वृद्धि भएकाले पनि निजी हवाई सेवा प्रदायक सेवा विस्तार गर्न लागिपरेका हुन् । 

Vianet communication
Laxmi Bank

केही दिनमै बुद्ध एयरले सुगम गन्तव्यमा उडान विस्तार गर्न नयाँ एटिआर विमान भित्र्याउने तयारी गरेको छ । आगामी जेठ अन्त्यसम्म बुद्धको नयाँ जहाज काठमाडौं आइपुग्नेछ । बुद्धले ७२ सिट क्षमताको एटिआर–७२ जहाज भित्र्याउन लागेको छ ।

यस्तै निजी क्षेत्रको अर्को विमान सेवा कम्पनी यति एयरलाइन्सले आगामी असार अन्तिम साता नयाँ एटिआर विमान भित्र्याउने तयारी गरेको छ । यस्तै निकट भविष्यमा थप तीन एटिआर जहाज भित्र्याउने तयारी गरिएको छ । 

एटिआरका अन्य विमान जस्तै यसमा पनि फराकिला सिट र सामानका लागि पर्याप्त ठाउँ उपलब्ध हुनेछ । वातावरणीय तथा ध्वनि प्रदूषणको हिसाबले एटिआर जहाज निकै किफायती मानिन्छ । बुद्धसँग हाल १० विमान छन् जसमा ७२ सिट क्षमताका छ एटिआर, ४२ सिट क्षमताका तीन एटिआर र १८ सिट क्षमताका दुई बीचक्राफ्ट १९०० डी जहाज सञ्चालनमा छन् । 

यस्तै यता यति एयरलाइन्सले पनि झण्डै एक वर्षदेखि एटिआर ७२ विमानबाट सुगम गन्तव्यमा उडान भर्दै आएको छ । कूल ७२ सिटको उक्त विमान यति एयरलाइन्सले रु एक अर्बको लगानीमा खरिद गरेको हो । फ्रान्सको विमान निर्माता कम्पनी एटिआरमा निर्मित उक्त विमान सिंगापुरको कम्पनी नर्डिक एभिएसन क्यापिटलसँग खरिद गरिएको यति एयरलाइन्सले जनाएको छ ।

यतिको नयाँ जहाज आएपछि सुगम गन्तव्यमा उडान थप भरपर्दो र प्रभावकारी बन्ने विश्वास लिइएको छ । यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईले बजार विस्तार हुँदै गएको र प्रतिष्पर्धा बढेका कारण नयाँ ठूलो जहाज ल्याउन लागिएको जानकारी दिए ।

श्री एयरका बजार व्यवस्थापक अनिल मानन्धरले सुगम गन्तव्यको उडानका लागि निकट भविष्यमा नै एक ठूलो जहाज ल्याउने तयारी गरिएको जानकारी दिए । सो विमान कम्पनीले अन्तर्राष्ट्रिय उडानका लागि समेत नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ । प्राधिकरणले हालसम्म अनुमति भने दिइसकेको छैन । 

सौर्य एयरका प्रबन्ध निर्देशक गोपाल भट्टराईले नयाँ एक जहाज भित्र्याउन लागिएको जानकारी दिए । हाल सौर्य एयरसँग दुई जहाज छन् । बजार विस्तार गर्ने लक्ष्यका साथ नयाँ जहाज ल्याउन लागिएको उनको भनाइ छ । 

नेपाल वायु सेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्य ठूला विमानले हवाई यात्रामा यात्रुलाई सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे । “ठूला जहाज ल्याइनु र सेवा दिइनु असाध्यै सुखद् विषय हो”, उनले भने, “प्रतिष्पर्धी बजारमा टिक्नका लागि पनि नयाँ र ठूला जहाज ल्याउनु जरुरी भइसकेको छ ।”

सीता एयरका महाप्रबन्धकसमेत रहेका आचार्यले आफ्नो कम्पनीसँग चार डोर्नियर जहाज सञ्चालनमा रहेको जानकारी दिए । तत्काल जहाज थप्ने योजनामा आफू नरहेको उनको भनाइ छ । 

वायु सेवा प्रदायकले धमाधम नयाँ ठूला विमान भित्र्याउन थालेपछि विमानस्थलमा जहाजको चाप पर्ने देखिएको छ । विमानस्थलमा बिसानस्थलको अभाव रहेको छ ।

विमानस्थल प्रशासनलाई सहज रुपमा जहाज उडान तथा अवतरणको व्यवस्था मिलाउन समेत हम्मेहम्मे पर्ने अवस्था आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले ठूला जहाज आउँदा सेवा विस्तारमा सहजता उपलब्धता हुने भए पनि बिसान तथा उडान अवतरणमा भने चाप पर्ने देखिएको बताए ।

विमानस्थलमा साना तथा ठूला गरी ३० जहाज बिसान गर्न सकिन्छ । यस्तै अन्तर्राष्ट्रिय क्षेत्रमा उडान गर्ने जहाज भने छ मात्रै बिसान गर्न सकिन्छ ।

नयाँ विमान थपिनेबित्तिकै बिसानस्थल उपलब्ध गराउन समस्या पर्ने देखिएको छ । नेपाल वायु सेवा निगमले हालै मात्रै चीनमा निर्मित कूल छ जहाज भित्र्याइसकेको छ । त्यसमा दुई एमए ६० र चार वाई १२ जहाज छन् । ती जहाज सुगम तथा दुर्गम गरी २३ गन्तव्यमा उडान गर्ने तयारी गरेको छ ।

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडानतर्फ हेलिकप्टरसहित २० वायु सेवा कम्पनीले उडान भर्दै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x