×

NMB BANK
NIC ASIA

नेपालमा रेबिजबाट वर्षेनी १०० जनाको मृत्यु

बैशाख २०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, २० वैशाख - नेपालमा प्रत्येक वर्ष रेबिजबाट सय जनाको मृत्यु हुने गरेको छ । 

Muktinath Bank

विश्व स्वास्थ्य संगठनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मलेनमा विश्वमा प्रत्येक वर्ष रेबिजबाट ५९ हजार मानिसको मृत्यु हुने गरेकाले त्यसलाई निर्मूल पार्न दु्रतगतिमा प्रयास थालिनुपर्नेमा जोड दिइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालय नयाँ दिल्लीका प्राविधिक अधिकृत डा ज्ञानेन्द्र गंगलले प्रत्येक नौ मिनेटमा एक जनाको रेबिजबाट मृत्यु हुने गरेको बताउँदै मृत्यु हुनेमा बालबालिका र गरिबको संख्या उच्च रहेको धारणा व्यक्त गर्नुभयो । 


Advertisment
Nabil box
Kumari

गरिबलाई कुकुरले टोकेपछि रेबिजविरुद्धको भ्याक्सिन र अन्य उपचार गर्न नसकेका कारण उनीहरुले ज्यान गुमाउनु परेको उल्लेख गर्दै उहाँले रेबिजका भाइरल भएका शंकास्पद जनावरको टोकाइबाट १५ वर्षमुनिका ४० प्रतिशत बालबालिका प्रभावित हुने गरेको बताउनुभयो । 

Vianet communication
Laxmi Bank

संयुक्त राष्ट्रसंघका वरिष्ठ पशु स्वास्थ्य तथा उत्पादन अधिकृत डा। काटिन्का डे बालोगले रेबिजविरुद्धका भ्याक्सिनको माध्यमबाट यसलाई शतप्रतिशत रोक्न सकिने बताउँदै कुकुरको टोकाइपछि प्रभावकारी उपचार र कुकुरको बढ्दो संख्या रोक्नसकेमा रेबिज निर्मूल पार्न सकिने धारणा व्यक्त गर्नुभयो । 

हरेक घरपालुवा वा अन्य कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन (खोप) लगाउन अत्यावश्यक भएको चर्चा गर्दै उहाँले रेबिजबाट बचाउन विद्यालयस्तरबाटै बालबालिकालाई प्रभावकारी शिक्षा दिनुपर्ने बताउनुभयो । 

तीन दिनसम्म चल्ने कार्यक्रममा रेबिज उन्मूलनका लागि हालसम्म भएका प्रयास र आगामी दिनमा चाल्नुपर्ने कदमका विषयमा छलफल हुनेछ । 

पशु स्वास्थ्यका लागि विश्व संगठनका प्रतिनिधि पासागं सेरिगंले रेबिज उन्मूलनका लागि यसबारे सर्वसाधारणमा व्यापक जनचेतना जगाउनुपर्ने र यो रोग नियन्त्रणका लागि पनि दायित्व बोध गराइनुपर्नेमा जोड दिनुभयो । 

इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा केदार सेन्चुरीले हरेक वर्ष नेपालमा करीब तीन लाख रेबिजविरुद्धको भ्याक्सिन खरीद गरेर उपलब्ध गराउँदै आए पनि कुकुरको संख्या बढिरहेकाले अपुग भएको बताउनुभयो । 

उहाँले कुकुरको नियन्त्रण गर्ने, कुकुरलाई भ्याक्सिन दिने र कुकुरले टोकेपछि तुरुन्त भ्याक्सिन लगाउनुपर्ने बताउनुभयो । 

सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको भ्यासिक्न कमी भएकाले यसमा विश्व स्वास्थ्य संगठनलाई सहयोग गर्न निर्देशक डा सेन्चुरीले आग्रह गर्नुभयो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x