×

NMB BANK
NIC ASIA

सिन्डिकेटधारी व्यवसायीको नाटक : गाडी थुत्छौं भन्ने सरकार के गर्दैछ ?

बैशाख २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २१ बैशाख- यातायात व्यवसायीहरुले पूर्व योजनाअनुसार शुक्रबार सार्वजनिक यातायात ठप्प पारेका छन् । लामो दुरीका यातायात बिहिबारदेखि नै बन्द गरेका व्यवसायीले शुक्रबार देशभरका यातायात ठप्प पारे । 
सडकमा सार्वजनिक यातायात ठप्प पर्दा लामो दुरीका चर्को मारमा परे । राजधानी उपत्यकामा भने बन्दको आंशिक प्रभाव परेको छ ।  खासगरी शहरी क्षेत्रमा निजी सवारीले साधनले लिफ्ट दिँदा यात्रामा साह्रै असहज अवस्था भने देखिएको छैन । 

Muktinath Bank

सिन्डिकेट तोड्ने अठोट लिएको सरकार र सिन्डकेटधारी व्यवसायीबीच झण्डै २ महिनादेखिको ‘शीतयुद्ध’ भने शुक्रवार पनि जारी छ । शुक्रवार सडकमा सार्वजनिक यातायात नचल्दा सरकारले सञ्चारमाध्यममा सिण्डिकेट तोडेरै छोड्ने अभिव्यक्ति दिन छाडेको छैन, भने व्यवसायीहरुले पनि सरकारले हाम्रो भनेको मान्नै पर्ने अभिव्यक्ति दिइरहेका छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

झण्डै दुई महिना देखिको यी अभिव्यक्तिमा शुक्रबारको अवस्था हेर्दा व्यवसायी नै हाबी देखिए । सरकारले अरनिको राजमार्गमा मयूर यातायातलाई रुट परमिट दिएपछि तोडफोडसहित सिन्डकेटको पक्षमा आन्दोलनमा उत्रिएका व्यवसायीविरुद्ध कडारूपमा प्रस्तुत भएको थियो । 


Advertisment
Nabil box
Kumari

व्यवसायीले गाडी नचलाएर सरकारले थुतेरै भए पनि सरकारले चलाउने बताइरहेको थियो । सरकारले ल्याएको कार्यविधि गलत भएको र सरकारले रुट परमिट दिँदा आफूलाई सोध्नुपर्ने कुतर्क गर्दै व्यवसायीहरूले दादागिरी देखाएपछि गृहमन्त्री, गृहसचिवसहित सिंगो गृहमन्त्रालयले सिन्डिकेटधारीविरुद्ध कानूनअनुसार हदैसम्म जाने अभिव्यक्ति दिएका थिए ।

Vianet communication
Laxmi Bank

गृहमन्त्री रामबहादुर थापा बादलले पटक–पटक विभिन्न कार्यक्रममा व्यवसायीहरूले नियमितरूपमा सार्वजनिक यातायात नचलाए थुतेरै भए पनि यात्रुहरूलाई सेवा दिने बताइरहेका थिए । गृहसचिव प्रेमकुमार राईले पनि यातायातका साधन नचले गृह प्रशासनले कब्जामा लिएर चलाउने र यात्रुहरूलाई सुरक्षित तबरले गन्तब्यमा पुर्याउने दाबी पटक पटक गरेका थिए । यातायात व्यवस्था विभागले पनि सिण्डिकेट तोड्ने दाबी गरेका छन् ।

सरकारले यातायात समितिहरू नयाँ आर्थिक वर्षदेख नविकरण नगर्ने निर्णय गरिसकेको छ । अहिलेसम्म यातायात समितिहरू जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने हुँदा गृहमन्त्रालय मातहतमै चल्ने गरेका थिए । यातायात व्यवस्था विभागले सुपरिवेक्षण मात्र गर्ने गरेको थियो ।

सरकारले कम्पनीमा जानुपर्ने अनिवार्य व्यवस्था गरेपछि गुपचुप कम्पनी दर्ता गरिरहेका व्यवसायी दोहोरो चरित्र देखाउँदै आन्दोलनमा पनि उत्रिएका छन् ।

दुई साता अघि नै आन्दोलनका कार्यक्रम सार्वजनि गरेका यातायात व्यवसायी विरुद्ध कडा रुपमा उत्रिने भनेको सरकारले व्यवसायीले सवारी ग्यारेजमा थन्काउँदा विहानदेखि यात्रुलाई राहत दिने खालको ठोस कदम चाल्न सकेन । यद्दपी दिउँसो १ बजेतिर भने गृहमन्त्रीले सिन्डिकेट पक्षधर व्यवसायीलाई पक्राउ गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । 

यातायात व्यवस्था विभागका अनुसार कुन यातायात के गर्दैछन् भन्ने तथ्यांक संकलन तथा सरकारले लिने एक्सनबारे बल्ल छलफल हुँदैछ ।  विभागले बल्ल रुट परमिट लिएका यातायातको विवरण संकलन कार्य शुरु गर्नेगरी तयारी जानकारी दिएको छ ।  यो अवस्था हेर्दा व्यवसायीहरु सरकारको नीति मान्न तयार छन् तर, आफ्नो दादागिरी देखाउन नाटकीय आन्दोलनमा लागेका हुन् । 

बेलैमा व्यवसायीबिरुद्ध रणनीति बनाउन सकेको भए शुक्रबार बन्द नहुने जानकारहरु बताउँछन् ।  व्यवसायीले घोषणा गरेका पूर्व आन्दोलनमा कार्यक्रम दबाउन अझै पनि सरकारले प्रभावकारी रणनीति बनाउन सके सरकारी प्रतिबद्धता पूरा हुन सहयोग पुग्नेछ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x