मंसिर १४, २०८०
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
मुगु सदरमुकामबाट पाँच घण्टा पैदलको दुरीमा रहेको मुगम कार्मारौं गाउँपालिका वडा नं. ४ मोहमा जन्मिएकी कर्णाली प्रदेशकी सांसद झोवा कामीले २ कक्षासम्मको मात्र औपचारिक शिक्षा लिएकी छिन् ।
हाल कर्णालीको प्रदेश सभा सदस्य रहेकी उनी २०५८ सालमा माओवादी युद्धका कारण बाट विस्थापित भएकी थिइन् ।
घरमा दाजुभाई नभएको र दिदीहरुले विहे गरिसकेपछि वुवा आमाको रेखदेख गर्नुपर्ने जिम्मेवारी पाएकी झोवाले १६ वर्षको उमेरमा विहे गर्नुपर्ने परिस्थिति सिर्जना भयो ।
‘घर ज्वाई’ पाएको भन्दै अभिभावकले उनलाई विहे गर्न भनेपछि उनले प्रतिकार गर्ने अवस्था भएन ।
सबैभन्दा ठूलो शिक्षा
मुगु जिल्लाको विकट गाँउमा जन्मेकी सांसद झोवाले उमेर गाई गोठालो, घरको काम गरेर विताएकी थिइन् ।
‘मेरो पढ्ने रहर त थियो नै, तर त्यसबेला, त्यो पनि हाम्रो पिछडिएको दलित समाजमा छोरीलाई पढाउनुपर्छ भन्ने चेतना नै थिएन’ उनले भनिन् ।
कष्ठकर जीवनको सामना गरेकी झोवाले अहिले भने भौतिक सुखको अनुभुति गर्न पाएको बताइन् । गमगढीमा घर बनाएकी उनले सांसद हुन आफ्नो जीवनको सवैभन्दा ठूलो उपलव्धि भएको बताइन् ।
दुखद् बाल्यावस्था
मुगुको विकट गाउँमा जन्मिएकी झोवा आफ्नो अतित स्मरण गर्दा भावविह्वल हुन्छिन् । गाउँमा दुख जिलो गरेर खान पुग्ने अवस्था थिएन । आर्थिक अवस्था कमजोर भएका कारण शिक्षा लिन नपाएकोमा उनी दुखिछिन् ।
महिलालाई हेर्ने समाजको अवस्थाका कारण पनि आफूले पढ्न नपाएको भन्दै त्यसलाई परिवर्तन गर्नुपर्ने उनको धारणा छ । तर पछिल्लो समय समाजमा आएको परिवर्तनका कारण अहिले महिलालाई अलि सहज भएको उनको अनुभव छ ।
‘उसबेला छोरी चेलीको काम विहे गरेर पुरुषको सेवा गर्ने मात्रै हुन्थ्यो’ उनी भन्छिन्, ‘अहिले केही परिवर्तन आएको छ ।’
श्रीमान, दुइ छोरा–बुहारी दुई बुहारीसँगै बस्दै आएकी झोवालाई पढ्न नपाएको वा नसकेको मा दुख लाग्छ ।
‘पढ्न लेख्ने भन्दा ठूलो यो संसारमा केही रहेनछ’ उनी जीवन भोगाईलाई स्मरण गर्दै भन्छिन्, ‘उतिबेला चुलो चौको र खेति नगरे खाने नपुग्ने, कापी कलम किन्ने पैसा नहुने, झोला नहुने समस्या हुन्थ्यो ।’
उनी परिवारमा दाजु भाइ नभएको र पारिवारीक जिम्मेवारी लिन पर्ने अवस्था रहेको कारण पनि आफ्नो अध्ययन रोकिएको मान्छिन् ।
सांसदभएसँगै उनलाई पढाइको थप आवश्यकता परेको उनी बताउँछिन् । ‘राजनीतिमा सक्रिय भएसँगै पढाइको आवश्यतकता थप बढ्यो’ उनी भन्छिन्,‘जसका कारण अहिले पढ्न थालेको छु ।’ अहिले पढ्ने रहर जागेपनि सजिलो भने नभएको उनको अनुभव छ ।
‘अहिले पढ्न रहर त जाग्छ तर के गर्नु आँखा नै देखिदैन’ उनी भन्छिन्, ‘पढदै गयो, लेख्दै गयो फेरि हेदा विर्सिदै जान्छ, उमेर गएपछि गारो हुँदो रहेछ ।’
राजनीति यात्रा उनकै शब्दमा
२०५८ सालदेखि म गमगढी बसेकी हुँ । उतिवेला ८ नम्बर वडाको अध्यक्ष भएकै कारण मलाई माओवादीले लखेटेका थिए । देशमा संकटकाल थियो । यो नै मेरोलागि राजनीतिको आरम्भ थियो भन्ने अहिले लाग्छ । उतिवेला गमगढी जान पनि नसकिने, गाँउ पनि जान नसकिने अवस्था थियो । जंगलै जंगलको यात्रा गरेर म गमगढी आएँ ।
राजनीतिमा धेरै लागेको थिइन । गमगढी आएर राडी पाखी बुन्ने, व्यापार व्यवसाय गर्ने गरेर जीवन गुजारा गरें । हुन त म कांग्रेसको जिल्ला कार्यसमितिको सदस्य थिए तर पनि राजनीतिक चेताना त्यति धेरै थिएन । दलित, पिछडिएको समुदाय भएका कारण आफूले अवसर पाएको हुँ । राजनीतिमा क्रियाशिल भइरहदा समानुपातिक कोटाबाट संसद हुने अवसर पाए । नेपाली भाषा नजान्दा समस्या परेको छ । भोटे भाषा बोल्ने भएकाले संसदमा पनि समस्या पर्ने गरेको छ ।
संसदका २२ वैठकमा सम्वोधन गर्न सकिनन्
कर्णाली प्रदेश सभाको २१ माघबाट सुरु भएको पहिलो अधिवेशनमा वैशाख १८ गतेसम्म २२ ओटा वैठकहरु बसे । तर झोवाले कुनै पनि वैठकमा शव्द निकाल्न सकिनन् । ‘मलाई संसदमा सबैले बोल भन्छन् । म आफैंलाई संसद भवनको गेटसम्म जाँदा बोल्छु जस्तो लाग्छ, भित्र छिरिसकेपछि आफू नै कमजोर हुँदै जान्छु ।’ के बोलौं र कसरी बोलौं भन्ने समस्या पर्ने उनको भनाइ छ ।
उनी भन्छिन्, ‘मैले अलिकति पढ्न पाएको भए आज यो अवस्थामा पुग्दा संसदमा सम्वोधन गर्न सक्ने हुन्थें, अनि जनताका सबै समस्या संसदमा राख्न सक्थे ।’
तरपनि आफूले नेताहरुसँग आफ्ना गाँउका, जिल्लाका समस्या समाधानका लागि पहल गर्न आग्रह गरिरहेको उनले बताइन् त्यसमा नेताहरुको पनि सकारात्मक भूमिका खेलको उनको भनाइ छ ।
समाज रुपान्तरण गर्न सकिन्छ
सांसद झोवा कामीले समाजलाई रुपान्तरण गर्नुपर्ने बताइन् । ‘हिजो हाम्रो बाल्यकालमा रहेको समाज अहिले आँउदा धेरै परिवर्तन भइसकेको छ ’ उनी भन्छिन्, ‘समाज रुपान्तरणका लागि सबैभन्दा बलियो हतियार शिक्षा नै हो भन्ने लाग्छ ।’ शिक्षाले नै कुरीति, कुसंसकार र विभेदहरु हटाउन सक्ने उनको बुझाई छ ।
‘म आफै अशिक्षाका कारण के हुन्छ भन्ने भुक्त भोगी महिला हुँ’ उनले भनिन्, ‘अब म सबैलाई छोरा छोरी पढाउनुपर्छ भन्ने कुरा सिकाउँदै हिड्छु ।’
‘पुरुषवादी सोच हावी छ । चाहेका बेला फकाएर घरमा लैजान्छन् अनि प्रयोग गर्छन्’ उनी भन्छिन्, ‘तर उनीहरुले नागरिकता बनाइदिँदैनन ।’ नागरिकता नभएपछि पुरुषले बहुविवाह गर्छ अनि महिलाले केही गर्नै सक्दैनन्, उनको भनाइ थियो ।
त्यस्तै, मुगुमा अहिले जारी प्रथा पनि रहेको खुलाईन् ।
‘महिलाले अर्को विवाह गरे पुरानो पक्षले जारी (रुपैंया) लिन्छन् ।’ यो महिलाको मोलमोलाई भएको उनको भनाइ छ । उनले आफूले यस विषयमा सरकारको ध्यानाकर्षण गर्ने र भावी पुस्ताले त्यस्तो दुःख भोग्ने परिस्थिति नहोस् भन्ने चाहेको बताईन ।
काम गर्ने विकटका महिलाले सांसद बन्न पाउनु गर्वको कुरा भएको उनको विचार छ । सायद संघीयता नआएको भए, नयाँ संविधान नबनेको भए आफूजस्ता महिलाहरु यो ठाँउसम्म आउन नसक्ने उनको बुझाइ छ ।
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...