×

NMB BANK
NIC ASIA

कथा : श्रीमती नभएका गणेश सर !

बैशाख २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

कहिले काहिँ रक्सी खाने आदत बसेको छ ज्यानमा । सिल भएको रक्सीमा त्यति रूचि जाँदैन । लोकल नै जिन्दावाद तर फेरि लोकल खान भट्टीको कोलाहल पनि मन पर्दैन । त्यसैले रात परे पछि सुटुक्क भट्टीमा गएर एक बियरको बोतलको एक सय पचास रुपयाँ तिरेर लोकल रक्सी लिएर कोठामा नै एक्लै खाने गर्छु ।

Sagarmatha Cement
Muktinath Bank

जिल्ला वन कार्यलयमा खरदारको जागीर छ । घर तराई हो तर जागीर पोखरामा छ । एक्लै बस्ने गर्छु कोठा भाडामा लिएर । 

आज पनि आफिसबाट आउन साथ शरीरको थकानले होला रक्सीको याद आयो । मासु र काक्रो ल्याएर सितन तयार पारे । रात परे पछि मात्र रक्सी लिन जानु पर्छ किनकी घरबेटि वा वरिपरिकाले देखे नराम्रो सोच्लान भन्ने डरले रात कुरे ।
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

९:३० भयो, अनि लागे भट्टी तिर । घरबाट पाँच मिनेट पुर्व तिर छ भट्टी । त्यो टोलको सबै भन्दा राम्रो रक्सी पाउने ठाउँ भनेर परिचित भएकाले धेरै जसो म त्यही बाट लिने गर्थे । आज नि त्यहीँ गएँ । श्रीमती र एक सानी छोरी छिन् भट्टी साहुजीको परिवारमा ।


Advertisment
Nabil box
Kumari

दुई बुढा बुढीको जोडी राम्रो जमेको छ । एक अर्कालाई काममा सहयोग गरिरहेका हुन्छन् । बुढीले बुढालाई कान्छा भनेर बोलाउछिन् । एक अर्कामा तिमी भनेर संम्बोधन गर्छन् । उनीहरुको प्रेम र बिबाहका बिषयमा एक दिन मैले सोधेको थिएँ । 
 

Vianet communication
Laxmi Bank

साहुजी नेवार रहेछन् र साहुनी तामाङ । एउटै गाउँका रहेछन् दुईजानै । सानैदेखि एक अर्कालाई प्रेम गर्दा रहेछन् । साहुनीले लजाउँदै भनेकी थिइन् साथीहरुले जिस्काउँदा जिस्काउँदै लभ परो । पछि बिबाह गर्न केटाको घरमा मानेन छन् । अनि दुईजानै घरबाट भगेर यहाँ पसल गरी बसेका रहेछन् । 
 

एक बेला देखेको थिए साहूजीले कोरिया भाषाको किताव पाढिरहेका थिए ।

"साहुजी के हो हबाईजाहज चढने नै हो ?" मैले हास्तै सोधेको थिए । साहूजी बोल्नु भन्दा अगाडि साहुनी बोलिन्, "जादैनन् सर यी बिदेश । पास गरे नि म पठाउदिन । प्यार गरे पछि एक्लै पार्न मिल्छ ?" साहुजी हाँसे मात्र । पछि साहुजी बिदेश गएनन् सायद साहुनीले दिइनन् होला ।

बिस्तारै म उनिहरुको प्रेमको प्रसंस्क नै भएको थिए । उनीहरुलाई देख्दा कहिले काहिं म आफूलाई नि बिबाह गर्ने उर्जा पलाउथ्यो । 

आज भट्टी भित्र छिर्दा साहुनि भाडा माझ्दै थिइन । 
 

"रक्सी छ दिदी ?" मैले पसलको सटर छेउको धारामा भाडा माझ्दै गरेकी साहुनीलाई पसल बाहिरै बाट सोधे । 
 

"भित्र जानुहोस् न कान्छाले दिन्छ ।" म भित्र गएपछि फेरी बहिरबाट साहुनीले भनिन् "कान्छा ! सरलाई एक बोतल रक्सी हाली देउ त । "
 

म भित्र गए । भट्टीको एक छेउमा एक जना ३०-३५ उमेर की जस्तो देखिने महिला एक गिलास रक्सी अगाडी राखेर, प्लेटमा भएको मासु चवाउँदै बोल्दै थिइन् ।

गोरो अनुहार, लामो कालो कपाल हेर्दा शुन्दरी देखिन्थीन् । उनी साहुजी र साहुनीसँग खुलेरै कुरा गर्दै थईन् । उनीहरुको केही संवाद सुनेपछि ती महिला पाहुना आएकी हुन, उनिहरुको आफन्त वा साथी केहि हो भन्ने कुरा अटकल लाउन मलाई गार्हो भएन ।
 

"बोर्डिङ स्कुलको फि कति महँगो हो । एउटा छोरो पठाउन पनि धोउ धोउ भोइसको । " एक चुस्की रक्सी खाँदै ति महिलाले भनिन् । 
 

"कमाएर मात्र हुन्छ त अनि अलि खर्च नि गर्नु परो नि । " साहुजीले मुस्कुराउँदै बोतलमा रक्सी हाल्दै भने । 
"तिमीहरु जस्तो दुई दुई जना छैन आफ्नो कमाउने । के गर्नु । म एक्लै छु " महिलाले भनिन् । "दुई जना हुन त, बुढो लाई मनाउनु परो नि । झगडा गरेर हुन्छ ।" साहुजी बोले ।
 

"तिमी जस्तो बुढो भए पो । पोइलो जाने बुढोलाई कस्ले मनाउछ । तरुनी खेलाउन पल्केको । अर्की ल्याएर बसेको छ रे काठमाडौंमा । नाम पनि लिन मन लाग्दैन त्यस्ताको । " महिलाले भनिन् ।
 

"अनि तँ पनि जा न अरु सँगै । भेट्छेस् नि कोहि न कोहि त राम्री छेस् । उमेर छ ।" बाहिरबाट भाडा माझेकै ठाउँबाट साहुनीले मुस्कुराउँदै भनिन् । 
महिला धेरै समय सम्म हाँसिन अनि बिस्तारै लजाबती स्वरमा बोलिन् "के के भन्छे यो माइली पनि । " उनको रातो अनुहारले उनी लजाएको प्रस्ट देखिन्थ्यो ।
 

केही छिन् सबै मौन रहे । केहि समय पछि ति महिला बोलीन् "धेरै भएको थियो है म यहाँ नआएको ?" 
"दिउँसो आउनु पर्छ नि । राती त गफ पनि धेरै गर्न पाइदैन । मलाई त अहिलै निन्द्रा लाग्ला जस्तो भएको छ । दिनभरी पसलमा उभिदा थकाई लाग्दो रहेछ । " साहुनीले भनिनन् ।
 

"दिउँसो त ब्यूटी पालर्र जानु परो नि । बसपार्कमा पालर्र खोल्या छु । साँझ सम्म चल्छ पसल । फर्किदा कहिले गाडि भेटिन्न । तनाव हुन्छ ।"
"अनि फर्कदा कसरी आउछेस् त ? गाडी नपाउँदा ?" साहुनीले सोधिन् ।
 

"गणेश सरलाई बोलाउँछु । बाइक लिएर आउनुहुन्छ । कति सहयोगी हुनुहुन्छ । हाम्रो घर कै रूममा बस्नु हुन्छ ।" यो भन्दा उनको अनुहारमा खुसि झल्किएको थियो । 
 

"कति दुःख दिन्छेस् , बिचरा सरलाई । जे काम पनि गणेश सरले गरेको भन्छेस् । दिक्क मान्नु हुन्न सरले ?" साहुनीले माझेको थाल मिलाउँदै भनिन् । 
 

"सरलाई धेरै जसो मैले नै खाना खुवाउँछु । एक्लै बस्नुहुन्छ । दिक्क मान्नु हुँदैन सरको पनि श्रीमती छैन नि त ।... " महिलाले यति भने पछि म अनायसै मुस्कुराउन पुगेछु । ती महिलापनि मुस्कुराउँदै गिलासको रक्सी पिऊन लागिन् । 

 विकास रेग्मी- इलाम । हाल : पोखरा

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x