×

NMB BANK
NIC ASIA

के गर्दैछन् कपिल ?

बैशाख २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

छोटो समयमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल भारतीय हास्य कलाकार हुन् कपिल शर्मा । एउटा बेग्लै ग्ल्यामर बोकेको र खासगरी सीमित व्यक्ति, समूह र ‘घराना’को राज चलेको बलिउड र सानो पर्दाको संसारमा निकै तीब्र गतिमा सिंढी चढेका कपिल शर्माका लागि सफलताको शिखरमा टिकिराख्न भने त्यति सहज देखिन्न । शर्माको लोकप्रियताको ग्राफसँगै उनका आलोचकहरु समेत बढेका छन् ।

Muktinath Bank

एक समय थियो बलिउडका ठूला हस्तीहरु समेत कपिल शर्माको हास्य कार्यक्रममा आउनका लागि मरिहत्ते गर्ने गर्थे । आम मानिसदेखि प्रख्यात हस्तीहरुसम्म उनको कार्यक्रममा आउन चाहन्थे । स्वयम् कपिलले भन्ने गरेको सुनिन्थ्यो– म अमिताभ बच्चन र नरेन्द्र मोदीलाई यो कार्यक्रममा ल्याउन चाहन्छु । यदि कपिलको सफलताको ग्राफ त्यही गतिमा अघि बढेको भए मोदीसँग उनको कार्यक्रममा साक्षात्कार समेत शायद पूरा हुन्थ्यो कि ? तर त्यसो भएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकपछि अर्को सफलता बोकेका यी कलाकार अहिले भने समस्यामा परेका छन् । पछिल्लो समयमा आइपुग्दा उनी एक्लिएका छन् र बिडम्बना, उनको नयाँ टेलिभिजन कार्यक्रम (फेमेली टाइम वीथ कपिल) सञ्चालन भएको दुई हप्तामैं बन्द भएको छ ।


Advertisment
Nabil box
Kumari

मानिसको जीवनमा यसरी एकाएक देखिने सफलता र बटुलिने चर्चापछिको समय महत्वपूर्ण हुन्छ । कपिलका हकमा पनि यही देखिएको छ । अहिले भने कपिल शिखरमा एक्लो देखिएका छन् । उनको सबैभन्दा ठूलो पूँजी मानिने उनका सहयात्रीहरु समेत एकपछि अर्को उनलाई छोडेर हिँडेका छन् ।
सफलताले विवादलाई पनि सँगै बोकेर आउँछ भन्छन् ।

Vianet communication
Laxmi Bank

बिबिसीमा प्रकाशित एक रिपोर्ट अनुसार, कपिल शर्माको ग्राफमा उतारचढाव आउने समय थियो सुनिल ग्रोवरसँग उनको झगडा । ‘कमेडी नाइट्स विथ कपिल’ शोमा डाक्टरको भूमिकामा देखिने सुनिल ग्रोवरसँगको उनको झगडा परेपछि यसले ठूलो असर गर्यो । सुनिलसँग झगडा भएपछि उक्त कार्यक्रमका अन्य कतिपय कलाकारले शो छोडे ।

कपिलले त्यतिखेर आफ्ना कारण मात्रै कार्यक्रमले सफलता पाएकोले केही कलाकारहरुले छोड्दा के नै पो फरक पर्ला र भन्ने सोचेको हुनसक्छ । तर कपिल र उनका साथीहरुको संयुक्त प्रयास नै कार्यक्रमको सफलता थियो । त्यसैले होला, सुनिल लगायतका कलाकारहरुले उनलाई छोडेर गएपछि उनले कार्यक्रमलाई अझै रोचक बनाउन निकै प्रयोग गरे, तर ती प्रयोगहरुले पुरानो सफलता दिन सकेनन् ।

कपिल शर्माको कमेडी कार्यक्रममा बुआ (फुपु) बनेकी उपासिनाले बिबिसीलाई जनाए अनुसार, हरेक कलाकारको जीवनमा सफलताको एउटा चरण हुन्छ, कुनै बेला ऊ सफलताको सबैभन्दा माथिल्लो सींढिमा हुन्छ, तर त्यहाँ टिक्न सकेन भने उसलाई सानोतिनो कामका लागि पनि समस्या पर्छ । अहिले कपिलको जीवनमा त्यही भएको उनको ठहर छ ।

सुनिलहरुको समूहले कपिललाई छोडेको बेला कपिल शर्माको चलचित्र “फिरिङ्गी” आउँदै थियो । उनलाई यसबाट सफलताको नयाँ कथा बुनेर आलोचकहरुलाई मुखभरी जवाफ दिने आशा थियो । तर, बिडम्बना, उनले सोचेजस्तो भएन । यदि चलचित्रले सफलता पाएको भए कपिल शर्माले सानो पर्दा छोडेर ठूलो पर्दामा नै आफ्नो स्थान बनाउन खोज्थे होलान् । जुन हुन सकेन ।

त्यसपछि कपिलले फेरी नयाँ कार्यक्रम लिएर आए । तर, यो कार्यक्रमले पुरानो उचाई हासिल गर्न सकेन । यसैबीच सुरु भए उनका अन्य विवादहरु, पत्रकारसँग लडाई, विवाद भएपछि उनको यो कार्यक्रम दुई हप्तामा नै बन्द भयो ।

उपासनाका अनुसार, चलचित्रले राम्रो व्यापार नगरेपछि र पहिलोको शो पनि नभएपछि कपिल शर्मामा मानसिक दबाब सिर्जना भयो । यो स्थितिले उनले आफु वरिपरिका घटनाहरुलाई सम्हाल्न सकेनन् र उनी डिप्रेसनमा पुगे । उनी यसलाई कपिल शर्माको तनावको चरण भएको बताउँछिन् ।

कपिलका बारेमा एकथरिले उनी दम्भी र घमण्डी भएको बताउँछन् । खासगरी उनले आफूलाई मात्रै केन्द्रमा राख्ने र आफ्नो टिमलाई विश्वास नगर्ने भनेर उनको निकै आलोचना भयो पनि । तर, कतिपयले भने कपिल निकै सरल भएको कारणले पनि उनले समस्या भोगिरहेको बताएका छन् ।

उपासना सिंहका अनुसार, कपिलले सबैका बारेमा चिन्ता लिने र मनमा केही पनि नलुकाउने भएकाले बेलाबेला समस्या आइरन्छ । ‘उसको मन सफा छ, रिस, दुख, कष्ट लुकाउन सक्दैन र जे मनमा आउँछ, व्यक्त गरिहाल्छ’ उपासनाले बिबिसीलाई भनेकी छिन, ‘यही समस्याको कारण हो, राम्रो हुँदाहुँदै पनि बारम्बार नराम्रो कुरा भनेपछि मानिसलाई रिस उठनु स्वभाविकै हो, नियन्त्रणबाहिर जानु सामान्य हो ।’

  

उनका अर्का साथी सुनिल पाल पनि उनलाई निकै मनकारी भएको बताबताउँछन् । सुनिलका अनुसार, अहिले कपिललाई नियोजित तरिकाले विवादमा ल्याउन खोजिएको हो । विगतमा कपिलको क्यारिअर सफलताको उचाईमा रहेको बेला कपिलले आफ्ना कैयन बेरोजगार साथीहरुलाई शो मा रोजगारी दिएको र कैयन लेखकहरुलाई समेत सहयोग गरेको उनले बताएका छन् ।

कपिलले कैयन व्यक्तिलाई सहयोग गरेर बलिउडको संसारमा परिचित गराएपनि एउटा चरणमा उनीहरुले विगत बिर्सेर कपिललाई धोका दिएको सुनिल पाल बताउँछन् । यस्तै थिइन सुगन्धा मिश्रा । कलेजमा सुगन्धाभन्दा सिनियर थिए कपिल । लफ्टर च्यालेन्जका लागि महिला प्रतियोगीको खोजी भएको बेला कपिलले नै सुगन्धाको परिवारसँग कुरा गरेर उनीहरुलाई विश्वासमा ल्याएर सुगन्धालाई मुम्बई बोलाएका थिए ।

तर, अहिले भने कपिलसँगको विवादपछि सुगन्धा सुनिल ग्रोवरसँग नयाँ कार्यक्रम ‘दे दनादन’ मा व्यस्त छिन् । त्यसो त उनले कपिलसँग व्यक्तिगत भगडा नभएको बताउदै आएकी छन् । लामो समयदेखि कपिल शर्मासँग जोडिएकी पूर्वम्यानेजर प्रीति सिमोन भने कपिलले आफ्नो जीवनका बारेमा जे जस्तो निर्णय गरे, त्यही कारण उनी अहिलेको अवस्थामा आएको बताउँछिन् । अरुमाथि आरोप लगाउनुभन्दा आफूले लिएका निर्णयहरुमाथि समीक्षा गर्नुपर्ने प्रीतिको भनाई छ ।

सन २००७ मा लाफ्टर च्यालेन्ज–३ जिते कपिलले । यहीँबाट उनले सानो पर्दाको उद्योगका आफ्ना पाइला अघि बढाए । सन् २०१३ मा ‘कमेडी नाइटस विथ कपिल’ सुरु गर्नु अघि उनी कमेडी सर्कसमा काम गर्थे ।

निकै छोटो समयमा कमेडी नाइटस विथ कपिलबाट उनले कल्पना गरेभन्दा ठूलो सफलता पाए । तीन वर्षसम्म यो कार्यक्रम नम्बर वान शो बन्यो । कपिललाई नचिन्ने सायद कोही छैनन् ।   शो का हरेक कलाकारले समेत त्यही अनुसार चर्चा बटुले । बलिउडका कलाकार, निर्देशक, निर्मातासम्म उनको कार्यक्रममा पब्लिसिटीका लागि आउन चाहन्थे । र, उनले कमाल नै गरे । उनको शोमा नआएको कुनै कलाकार नै बाँकी रहेन ।

अमिताभ बच्चन, शाहरुख खान, सलमान खान, अक्षय कुमार, ऐश्वर्या राय, काजोल, मनिषा कोइराला, माधुरी दिक्षित, अनुष्का शर्मा, अनिल कपुर, दीपिका पादुकोण, सोनाक्षी सिन्हा, विद्या वालन, प्रियंका चोपडा, रणबीर कपूर, धर्मेन्द्र, जीतेन्द्र, करिना कपुरदेखि बलिउडका अन्य कलाकारहरुलाई उनको कार्यक्रममा आउनु नियमित जस्तै बन्यो ।

यतिमात्र कहाँ हो र, क्रिकेट र अरु खेल जगतका हस्तीहरु समेत उनको कार्यक्रमा देखिए । यो चर्चासँगै उनी बलिउडका एक चर्चित व्यक्ति बने । उनले करण जौहरसँग ६० औं फिल्मफेयर अवार्ड समेत सञ्चालन गरे ।

सुन् २०१५ मा अब्बास मस्तानको निर्देशनमा पहिलो चलचित्र ‘किस किस को प्यार करुँ’ मा पनि काम गरे । तर, शो को जस्तो चर्चा चलचित्रले बटुल्न सकेन । यो सँगै उनको गति मत्थर हुने क्रम सुरु भयो । २०१६ मा कलर्स च्यानलसँग उनको विवाद सुरु भयो । र, उनको शो बन्द भयो । त्यसपछि उनले सोनी च्यानलसँग ‘द कपिल शर्मा शो’ सुरु गरे । तर, विवादले पछ्याउन छोडेन ।

त्यही वर्ष उनले बिएमसीका कर्मचारीमाथि घुस खाएको आरोप लगाउँदै नरेन्द्र मोदीलाई ट्विटर ट्याग गरे । यो विवादले उनको ओसिवाडा अफिसमा भएको अवैध निर्माणको कुरा सार्वजनिक भयो ।

यता शोमा पनि सहकलाकार सुनिल ग्रोवरसँग उनको विवाद बढेको थियो । यससम्बन्धी एउटा भिडियो नै (२०१७) मा भाइरल भयो । उनले निकै अभद्र भाषामा ग्रोवरसँग कुरा गरेको कुरा सार्वजनिक भएपछि अन्य कलाकारले पनि उनको साथ छोड्ने क्रम सुरु भयो । शो बन्द भएपछि उनले अर्को चलचित्र फिरिंगी बनाउन तिर लागे । दुःखको कुरा चलचित्रले पनि राम्रो व्यापार गर्न सकेन ।

अहिले फेरी उनी नयाँ विवादमा फँसेका छन् । उनले एकजना पत्रकारले आफूलाई अपमान गरेको र पैसा खान खोजेको भन्दै ट्विट गरे । यो ट्विट आएपछि ती पत्रकारले कपिलले गाली गरेको भन्दै प्रहरीमा मुद्दा दर्ता गरेका छन् ।

यति छोटो समयमा उनले कमाएको लोकप्रियता धेरैलाई पाच्य नहुन सक्छ ।  ‘पब्लिक फिगर’ भएकाहरुलाई आफ्नो नितान्त व्यक्तिगत जीवनदेखि पेशागत र समाजमा हैसियत जोगाउन मुस्किल परेकाे देन्खिन्छ । आफ्नो हैसियतलाई सधै ख्याल गर्न नसक्दा थुप्रै कलाकारहरू पछुताउनु परेका थुपै्र उदाहरण छन् । कपिलले पनि आफुबाट भएका कमीकमजोरीहरुलाई आत्मआलोचना गर्दै उही जोस र होसका साथ आफुलाई दौडाउनुको कुनै विकल्प छैन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x