सोनम कपूरलाई आनन्द आहुजासँग कसले भेटायो ?

काठमाडौं, २३ वैशाख – बलिउड अभिनेत्री सोनम कपूर पहिलेदेखि नै निजी जीवनलाई रहस्यमै राख्छिन् । सार्वजनिक मञ्चमा कुनै विषयमा आफ्नो विचार निर्भीकतापूर्वक दिने सोनम निजी जीवनका कुरा भने शेयर गर्दिनन् ।

अघिल्लो वर्ष उनको बिहेको चर्चा हुन थाल्दा उनले त्यस विषयमा केही बोलिनन् । हालै मात्र सोनम र उनका प्रेमी आनन्द आहुजाको परिवारले एक आधिकारिक बयान जारी गरेर उनीहरूको बिहेको बारेमा जानकारी दिए । 

सोनमले कहिले पनि आनन्द र आफ्नो प्रेमकथाको कुरा गरिनन् । उनीहरूलाई कसले मिलायो त भन्ने कुरामा धेरैको जिज्ञासा छ । 

उनीहरूको म्युचुअल फ्रेन्ड पेर्निया कुरैशीले उनीहरूलाई सन् २०१४ मा भेटघाट गराएका थिए । 

पेर्निया त्यतिखेर सोनमको स्टाइलिस्ट थिइन् र आनन्दको निकट मित्रमध्ये एक थिइन् । सोनमको सुन्दरताले आनन्द अत्यन्तै प्रभावित भए र भेटघाटको एक महिनाभित्र उनले प्रपोज गरिदिए । त्यसपछि नै दुवैजना एकअर्कासँग छन् । 

सोनमको बिहेको शुरुआत सोमवार मेहन्दी रस्मबाट हुनेछ । बिहेको कार्डअनुसार, बिहेको ड्रेस कोड सेतो रंगको हुनेछ । बिहे चाहिँ मंगलवार दिउँसो हुनेछ ।

बिहेमा चाहिँ पाहुनाहरूलाई परम्परागत पहिरनमा आउन अनुरोध गरिएको छ । 

मंगलवार राति नै प्रीतिभोज दिइनेछ र त्यसमा बलिउडका ठूला हस्तीहरू आउनेछन् । प्रीतिभोजको ड्रेसकोड भारतीय र पश्चिमी औपचारिक हुनेछ ।

एजेन्सी

बैशाख २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस