प्रिया प्रकाशको नयाँ भिडियो भयो भाइरल

बैशाख २३, २०७५

काठमाडौं, २३ वैशाख – इन्टरनेटबाट रातारात सुपरहिट भएकी मलयाली अभिनेत्री प्रिया प्रकाशको नयाँ भिडियो भाइरल भएको छ । त्यो भिडियोमा प्रिया हवा हवा गीत गाइरहेकी भेटिन्छिन् । अर्जुन कपूरको नयाँ फिल्ममा आएको हवा हवा रिमेक गीत प्रियाले गाएर भाइरल बनाएकी हुन् । 

प्रियाको जुनसुकै भिडियो पनि सामाजिक सञ्जालमा भाइरल हुने गरेको छ । 

मलयाली फिल्म ओरु अदार लभमार्फत अभिनय करीयर शुरु गर्न लागेकी प्रिया प्रकाशको फिल्म ईदमा रिलिज हुँदैछ । फिल्म रिलिज हुनुअघि नै उनी लोकप्रिय भइसकेकी छन् ।

एजेन्सी
 

बैशाख २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस