चीनमा बाहुबली–२ ले तोड्यो आमिर सलमानको फिल्मको रेकर्ड

बैशाख २३, २०७५

काठमाडौं, २३ वैशाख – बाहुबली २ : द कन्क्लुजन चीनमा पनि सुपरहिट भएको छ । शुक्रवार त्यहाँ रिलिज भएको फिल्मले पहिलो दिन १९ करोड भारु कमाएको छ । 

यसका साथै फिल्मले सलमान र आमिर खानको फिल्मलाई पछि पारेको छ । आमिरको दंगलले पहिलो दिन १४ करोड भारु र सलमानको बजरंगी भाईजानले १२ करोड भारु कमाएको थियो । तर बाहुबलीले इरफान खानको हिन्दी
मिडियमको रेकर्ड तोड्न सकेन । उक्त फिल्मले पहिलो दिन २४ करोड भारु कमाएको थियो ।

फिल्मले दुई दिनमा ३७ करोड कमाएको ट्रेड एनालिस्ट रमेश बालाले ट्वीटमार्फत जानकारी दिए ।

बाहुबली–२ ले चीनमा एड्भान्स बूकिङमै एक करोड ६६ लाख भारु कमाएको थियो । 

एजेन्सी
 


ADVERTISEMENT

बैशाख २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस