×

NMB BANK
NIC ASIA

सिन्डिकेट पक्षधर यातायात व्यवसायीले ‘घुँडा टेके’, अब कहिल्यै आन्दोलन नगर्ने

बैशाख २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २३ वैशाख– सरकारले सिन्डिकेट हटाउन गरेको निर्णयविरुद्ध आन्दोलन चर्काएपछि पक्राउ परेका यातायात व्यवसायीहरु रिहा हुन थालेका छन् । 

Muktinath Bank

अबदेखि सिन्डिकेटको पक्षमा कुनै पनि आन्दोलन नगर्ने, सार्वजनिक यातायातमा हड्ताल नगर्ने र ऐन तथा कानूनअनुसार सरकारले लागू गर्ने कुनै पनि नीतिको विरोध नगर्ने सम्झौतामा हस्ताक्षर गरेपछि स्थानीय प्रशासनले पक्राउ परेका यातायात व्यवसायीलाई रिहा गर्न थालेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिन्डिकेटको पक्षमा शुक्रवार सार्वजनिक यातायात बन्द गरेपछि गृहमन्त्री रामबहादुर थापा बादलले यातायात व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएका थिए । गृहमन्त्री बादलकै निर्देशनमा अबदेखि सरकारको विरोध नगर्ने सम्झौतामा उनीहरुलाई रिहा गरिएको हो । 


Advertisment
Nabil box
Kumari

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष लगायत पदाधिकारीहरु पनि अब सिन्डिकेटको पक्षमा कुनै पनि आन्दोलन नगर्ने र सरकारी नियम पूर्ण रुपमा पालना गर्ने सहमति गरेर रिहा भएका छन् । 

Vianet communication
Laxmi Bank

गृहमन्त्री बादलको निर्देशनमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य, महासचिव सरोज सिटौला, उपाध्यक्ष विजय स्वाँर, किरण खड्का, धर्म धिताल लगायत देशभरबाट १ सय भन्दा बढी यातायात व्यवसायी पक्राउ परेका थिए । 

पक्राउ परेका सबैले सरकारी नियम मान्ने सम्झौतामा हस्ताक्षर गरेपछि रिहा गरिएको गृह मन्त्रालयले जनाएको छ । 

यातायात व्यवसायीको आन्दोलन तुहियो  

सरकारले यसअघि जिल्ला प्रशासन कार्यालयमा दर्ता हुँदै आएका यातायात समितिको दर्ता नवीकरण नगर्ने निर्णय गरेपछि समिति र संघमा आवद्ध देशभरका यातायात व्यवसायी आन्दोलनमा उत्रिएका थिए । 
चरणवद्ध आन्दोलनमा उत्रिएका उनीहरुले सरकारलाई ‘घुँडा टेकाउन’ भन्दै वैशाख २८ गतेदेखि अनश्चितकालीन रुपमा आफ्ना सवारी बन्द गर्ने निर्णय गरेका थिए । 

तर व्यवसायीविरुद्ध सरकार कडा रुपमा प्रस्तुत भएपछि अब उनीहरुको आन्दोलन तुहिएको छ । 

व्यवसायीहरुले ‘सरकारविरुद्ध अब कुनै पनि आन्दोलन नगर्ने’ लिखित प्रतिवद्धता नै जनाएपछि उनीहरुको आन्दोलन तुहिएको हो । गृह मन्त्रालयले अब सबै यातायात समितिमा आवद्ध व्यवसायीहरु कम्पनीका रुपमा दर्ता हुने जनाएको छ । 

‘सरकारले गरेको निर्णय नमान्दा सरकारले गर्ने जस्तोसुकै कारबाही पनि भोग्न तयार छौं भनेर व्यवसायीहरुले सही–छाप गरेका छन्,’ गृहमन्त्रालयका एक अधिकारीले लोकान्तरसँग भने, ‘अब उनीहरुले फेरि आन्दोलन थाल्ने नैतिक आधार गुमाइसकेका छन् । उनीहरुमाथि जनताको दवाव पनि छ । फेरि पनि आन्दोलन गरे भने सरकार उनीहरुमाथि अझ कडा रुपमा प्रस्तुत हुनेछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x