घुस लिँदालिँदै पक्राउ परेकी लिलाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ, २३ वैशाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बूढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीला अधिकारी र इन्जिनियर विजेन्द्र श्रेष्ठले ५ लाख रूपैयाँ घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका प्रवक्ता दीर्घराज मैनालीका अनुसार सो नगरपालिकाको वडा नं २ बाँडेपाखामा पानी ट्याङ्की निर्माण कार्यको अन्तिम बिल भुक्तानी र कार्य अनुभव पत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा केही दिन पहिले उनीहरू पक्राउ परेका थिए । 

आरोपी दुवैलाई हदैसम्मको कारबाहीको माग गरिएको आयोगले जनाएको छ । 

बैशाख २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार