इन्भेस्टमेन्टले बोनस शेयर दिने, नेपाल सेवा लघुवित्तको आइपिओ बाँडफाँड

बैशाख २३, २०७५

काठमाडौँ, २३ बैशाख- श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनीले रु १६ करोड ७९ लाख ७८ हजार ५६७ बोनस शेयर दिने प्रस्ताव गरेको छ । 

आर्थिक वर्ष २०७३÷७४ को नाफाबाट विद्यमान चुक्ता पूँजी रु ६३ करोड २१ लाख ७१ हजार ४३२ को २६.५७ प्रतिशतले हुन आउने रकम बोनस शेयरका रुपमा वितरण गर्न लागिएको सो कम्पनीले स्टकलाई जानकारी गराएको छ । उक्त प्रस्तावलाई वार्षिक साधारणसभाबाट पारित गरी शेयरधनीलाई वितरण गरिनेछ । 


ADVERTISEMENT

यस्तै नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर(आइपिओ) आज बाँडफाँड गरिएको छ । 

सो लघुवित्तले एक लाख ८० हजार कित्ता शेयरमध्ये कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको एक लाख ६७ हजार ४०० कित्ता साधारण शेयर गोलाप्रथाबाट बाँडफाँड गरिएको हो । आवेदकमध्ये १६ हजार ७४० आवेदकलाई शेयर बाँडफाँड गरिएको छ । 

लघुवित्तको साधारण शेयरमा दुई लाख पाँच हजार ३८६ जनाले आवेदन दिएका थिए । त्यसमध्ये दुई लाख चार हजार ८३८ जनाले आवेदकको आवेदन सदर भएको थियो । 

यस्तै ५४८ जनाको आवेदन रद्द भएको थियो । सो लघुवित्तको बिक्री प्रबन्धकमा एनएमी क्यापिटल लिमिटेड रहेको थियो । लघु वित्तले न्यूनतम १० कित्ता शेयर उपलब्ध गराएको छ । सो लघुवित्तले केही दिन पहिले साधारण शेयर बिक्री गरेको थियो । 

बैशाख २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस