बिहेको मेहन्दीमा आनन्दलाई अँगालो हालेर खुब नाचिन् सोनम

बैशाख २४, २०७५

काठमाडौं, २४ वैशाख – बलिउडको बहुप्रतीक्षित बिहेको तयारीमा सेलेब्रिटीहरू लागेका छन् । सोनम कपूर र आनन्द आहुजाको मंगलवार हुने बिहेमा स्टारहरूको क्रेज देखिन थालेको  छ ।

कुनै स्टारले संगीतमा डान्सको रिहर्सल गरेको देखिन्छ भने कसैले चाहिँ मेहन्दीका लागि आफ्नो ड्रेसको तस्वीर छानिरहेका छन् । सामाजिक सञ्जालमा पनि सोनम र आनन्दको बिहे ट्रेन्डिङ भइरहेको छ । 

सोमवार भएको मेहन्दी समारोहमा सोनमको परिवार र फिल्म जगतका साथी सबै मिलेर उत्सव मनाए । अनिल कपूरको घरमा सेलिब्रेसनको सिलसिला रातभरि चल्यो ।

जिन्दगीको विशेष अवसरमा सोनम र आनन्द एकदमै खुशी देखिन्थे । उनीहरूले मेहन्दीमा मज्जाले डान्स गरिरहेका देखिन्थे । 

सोनम मेहन्दीमा एकदमै प्रफुल्लित देखिन्थिन् । आनन्दको गलामा अँगालो हाल्दै उनी नाचिन् । अनि साथीहरूसँग पनि नाचिन् उनी । 

बिहेका साथसाथै सोनम आफ्नो व्यावसायिक प्रतिबद्धता  पनि पूरा गरिरहेकी छन् । बिहेलगत्तै उनी कान्स फिल्म फेस्टिभल जाने अनि भारत फर्केर आफ्नो फिल्म वीरे दी वेडिङको प्रमोसन गर्ने खबर छ ।

एजेन्सी


ADVERTISEMENT

बैशाख २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार