सिरानीमुनि राख्नुस् यो एउटा चीज, रोग भाग्छ टाढा

काठमाडौं, २४ वैशाख – कागतीमा धेरै औषधीय गुण छन् । यसको रस पिउँदा वा पानीमा मिसाएर पिउँदा अनेकौं रोगबाट छुटकारा पाइन्छ । कागतीको रस मात्र नभई सुगन्ध पनि लाभदायक हुन्छ । यसले दिमागमा राम्रो असर पार्छ । 
राति सिरानीमुनि कागती राखेर सुत्नुभएमा रातभरि ताजा हावा पाइन्छ र रोगहरूबाट पनि मुक्ति पाइन्छ । अरू फाइदा पनि यसबाट हुन्छ । 

कागतीलाई तकियामुनि राखेर सुत्दा तनावबाट मुक्ति पाइन्छ ।

उच्च रक्तचापको समस्याबाट राहत पाइन्छ । 

यसको सुगन्धले हावामा संक्रमण फैलन दिँदैन । 

कागतीमा भिटामिन सी भरपूर हुनाले यसको सुगन्ध लिँदा शरीरमा भिटामिन सीको कमी पूरा हुन्छ ।

राति घुर्ने समस्या भएका मानिसका लागि सिरानीमुनि कागती राम्रो हुन्छ ।

यसले हावालाई सफा गर्छ र सास लिन कुनै समस्या हुँदैन । 

यसको सुगन्धले दिमाग ताजा हुन्छ र राम्रो निद्रा लाग्छ । 

टाउको दुख्दा कागतीको सुगन्धले फाइदा गर्छ ।

एजेन्सी
 

बैशाख २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस