×

NMB BANK
NIC ASIA

चक्कर आउने समस्या छ भने यो उपाय अपनाउनुस्

बैशाख २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २४ वैशाख – कहिलेकाहीँ लगातार बसिरहेपछि एक्कासि उठ्दा आँखाअगाडि अँध्यारो छाउँछ र चीजहरू घुमिरहे जस्तो लाग्छ । यसैलाई चक्कर लागेको भनिन्छ । शारीरिक कमजोरीका कारण वा मस्तिष्कमा रक्तसञ्चार कम हुँदा यसो हुन्छ । न्यून रक्तचापका कारण पनि यसो हुन्छ । गर्मीमा कम पानी पिउँदा पनि चक्कर आउन थाल्छ । यसबाट राहत पाउन घरेलु कुराहरूको प्रयोग गर्न सक्नुहुन्छ । 

अमला
अमलामा भिटामिन ए र भिटामिन सी भरपूर मात्रामा पाइन्छ । यसले शरीरको रोगप्रतिरोधक क्षमता बढाउँछ र चक्कर आउने समस्याबाट मुक्ति दिन्छ । दुई अमलाको टुक्राको पेस्ट बनाउनुस् । अनि त्यसमा दुई चम्चा धनियाँको बिउ र एक कप पानी मिसाएर रातभरि छोडिदिनुस् । अनि भोलिपल्ट बिहान उठेर यसलाई छान्नुस् र यसको पानी पिउनुस् ।

मह
चक्कर आउने समस्याबाट महले पनि छुटकारा दिलाउँछ । दुई चम्चा महमा दुई चम्चा स्याउको अमिलो मिसाउनुस् र त्यस मिश्रणलाई एक गिलास पानीमा मिसाएर पिउनुस् । दिनमा दुईचोटि यो पिउनुस् ।

कागती
कागतीमा भिटामिन सी भरपूर मात्रामा पाइन्छ । यसले शरीरलाई धेरै रोगहरूबाट बचाउँछ र शरीरलाई आर्द्र पनि राख्छ । चक्कर आएमा आधी कागती एक गिलास पानीमा निचोर्नुस् र त्यसमा दुई चम्चा चिनी मिसाएर पिउनुस् । त्यसबाहेक एक चम्चा कागतीको रसमा मरिच र नून मिसाउनुस् अनि त्यसलाई एक गिलास पानीमा मिसाएर पिउनुस् ।

पानी
चक्कर आउने एउटा कारण डिहाइड्रेसन हो । व्यायाम गरेका बेलामा पानी नपिउँदा चक्कर आउँछ । त्यसैले दिनदिनै अत्यधिक पानी पिउनुस् । फलहरूको जुस बनाएर पिउन पनि सक्नुहुन्छ ।

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x