बजेटका बारेमा ओलीले पूर्व प्रधानमन्त्रीहरूसँग छलफल गर्दै

बैशाख २५, २०७५

काठमाडौं, २५ वैशाख– सरकारले नयाँ आर्थिक वर्षको बजेटको छलफललाई तीव्रता दिएको छ । यसैक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरूसँग मंगलबार छलफल गर्दै छन् ।

प्रधानमन्त्री ओलीले बजेटका बारेमा छलफल गर्न पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, बाबुराम भट्टराईलगायतलाई बालुवाटार बोलाएका हुन् ।


ADVERTISEMENT

सरकारले रु १५ खर्ब बराबरको नयाँ बजेटको सिलिङ ल्याउने तयारी गरेको छ । प्रदेश र स्थानीय तहलाई रु ३ खर्ब हुने गरी बजेट ल्याउन लागिएको हो । संघीयता कार्यान्वयन खर्चिलो हुने देखिएपछि सरकारले आगामी आर्थिक वर्ष ०७५–७६ को बजेट चालू आर्थिक वर्षको भन्दा कम्तीमा रु ३ खर्ब बढीको बनाउने भएको छ ।

बैशाख २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस