×

NMB BANK
NIC ASIA

गर्मी छल्ने गज्जबको काइदा : खोलामा माछा मार्दै, बैजल्ला खेल्दै थारु समुदाय

बैशाख २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, २५ वैशाख– वैशाखको उखरमाउलो गर्मी, सुनासन गाउँघर र न्यून आवतजावत भएको सडक, तर नजिकैको घुरहा नदीमा भने विशेष रौनक थियो ।

Muktinath Bank

पूरै नदीको मुख तीन लाइनको मानवीय सांग्लोले थुनिएको थियो । परैबाट आवाज सुनिन्थो–‘कत्रा भारी रावा, प्रहृनीया, याहोर खुस्टल, ओहर खुस्टल (कति ठूलो रावा, प्रहृनी माछा, यता पस्यो, उता पस्यो) ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खेतीपातीको कामबाट छुटकारा मिलेयता कैलालीको कैलारी गाउँपालिका–४ भित्तरिया गाउँका स्थानीयको गर्मी छल्ने र बसीबियाँलो गर्ने माध्यम माछा मार्ने कार्य बनेको छ ।


Advertisment
Nabil box
Kumari

कामबाट फुर्सद मिल्यो कि कम्मरमा डिलिया (माछा राख्ने भाँडो), काँधमा टापी,  हेल्का (बल्छी) बोकी नदीनाला चहार्नु नै स्थानीयको दिनचर्या बनेको छ ।

Vianet communication
Laxmi Bank

भित्तरियाकी लालमति चौधरी भन्छिन्– ‘आजभोलि खेतीपातीको काम सकिएको हुँदा फुर्सदिला भएका छौं । समयको सदुपयोग गरी दिउँसोको समयमा माछा मार्ने काम गर्छौं । जसबाट समयको सदुपयोग हुनुका साथै तरकारीको जोहो पनि भइहाल्ने ।’

सामूहिकरूपमा माछा मार्ने कामसँगै साथीसंगीबीच रमाइलो हुने पनि उनीहरू बताउँछन् । ‘आजभोलिको यो गर्मीमा घरमा बेकामे भएर बस्नु भन्दा त साथीहरूसंग यही काम गर्दा नै रमाइलो हुन्छ, बेलाबखत बैजल्ला (ख्याल ठट्टा) नि खेलिन्छ’, माछा मार्दै गरेकी सटलरैनि चौधरीले भनिन्–‘एकातिर गर्मी छल्न सकिने, अर्कातिर एक/दुई पाह्र (छाक) को जुगार पनि भइहाल्ने ।’

भित्तरियाका मात्रै होइन, प्रायः थारु बस्तीका फुर्सदिला तथा घरधन्दा र खेतीपाती गर्ने व्यक्तिहरू माछा मार्नमा सक्रिय हुने गरेका पाइन्छ । घुरहा नदीमा मात्रै होइन, मोहना, कटैनी, सुर्मा, कान्द्रा, रखौना, जखौरलगायत नदीनाला, तालतलैया यो समुदायको जलबिहार गर्ने थलो हो ।

उसै पनि आदिवासी थारु समुदाय जल, जंगल, जमिनमा आश्रित समुदाय हो । आफैँ माछा मारेर उपभोग गर्नु यो समुदायको संस्कार हो । कुनै दिन बढी माछा मारेको अवस्थामा पक्ली (सिद्रा) समेत बनाउने गर्छन् । नदीनाला, खोला, पोखरीमा पाइने रैथाने जातको रावा, प्रहृनी, सेढरी, डिरा, चरंगी, सिंगी, टेंगना, टिलोरिलगायत माछा बढी नै रुच्ने बताइन्छ ।

पछिल्लो समय खोलानालामा विष हाल्ने, विद्युतीय धराप थाप्ने कार्यले जलप्राणी लोप हुँदै गएका छन् । कैलालीको मोहना, घुरहा, कान्द्रा, कर्णाली, पथरैया लगायत नदी लोपोन्मुख जलप्राणी डल्फिनको वासस्थान पनि हो । विष हाल्ने, फोहर फाल्ने गतिविधिले डल्फिनलगायत जल प्राणी नासिँदै गएको संरक्षणकर्मीहरू बताउँछन् ।

संरक्षणकर्मी विजयराज श्रेष्ठ भन्छन्–‘जल जीवप्रति सचेत हुन र गराउन जरुरी छ, हामी जलजीवहरूको उपभोग गर्छौं भने, उनीहरूको संरक्षण गर्न पनि उत्तिकै जरुरी छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x