सोनम कपूरको बिहे आज, यस्तो छ तयारी

बैशाख २५, २०७५

काठमाडौं, २५ वैशाख – अनिल कपूरकी छोरी सोनमको बिहेमा कपूर परिवार मग्न छ । सोनमले प्रेमी आनन्द आहुजाका साथ नयाँ जिन्तदगी शुरु गर्न लागेकी छन् । 

आइतवार उनको मेहन्दी समारोह भयो भने सोमवार संगीत समारोह आयोजना गरियो । आज मंगलवार बिहेको तयारी भइरहेको छ र सोनमको परिवार बिहेका लागि घरबाट निस्किसकेको छ । 

बिहेको तयारी धेरै दिनअघिबाट भइरहेको थियो । बलिउडमा यो बिहेको हल्लाखल्ला केही समययता चलिरहेकै छ । अहिले सबा ११ देखि पौने १ बजेसम्म शिख रीतिरिवाज अनुसार बिहे हुँदैछ । 

विवाह समारोह सोनमकी अन्टी कविता सिंहको बान्द्रास्थित हेरिटेज बंगला, रकडेलमा हुँदैछ । 

बिहेपछि आ साँझ लीला होटेलमा भव्य प्रीतभोज दिइनेछ । बेलुका सबा ८ बजेपछि भोज शुरु हुनेछ । सोनमले प्रीतिभोजमा अन्तर्राष्ट्रिय डिजाइनर तमारा राल्फ र माइकल रुसोले डिजाइन गरेको कपडा लगाएर देखापर्न सक्छिन् । 

अनिल र सुनिता कपूरकी छोरी सोनमको बिहेको तयारीस्वरूप घर भव्य रूपमा सजाइएको छ जहाँ सबैतिर फूल र प्रकाश छरिएको छ । 

एजेन्सी
 

बैशाख २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस