सिद्धार्थ मल्होत्रा र ज्याकलिन फर्नान्डेज लिभ इन रिलेसनमा ?

बैशाख २५, २०७५

काठमाडौं, २५ वैशाख – बलिउडका कलाकार सिद्धार्थ मल्होत्रा र ज्याकलिन फर्नान्डिज अहिले डेटिङ गरिरहेका छन् । अब उनीहरूको प्रेम एक कदम अघि बढेको जस्तो देखिन्छ । 

विभिन्न समाचारहरूका अनुसार, सिद्धार्थ र ज्याकलिन एकैसाथ बस्नका लागि फ्ल्याट खोजिरहेका छन् । उनीहरू मुम्बईको जुहु इलाकामा लिभइन रिलेसनमा बस्नका लागि फ्ल्याट खोजिरहेका हुन् । अहिले उनीहरू बान्द्रामा फरक फरक ठाउँमा बस्छन् । 

ज्याकलिनलाई सिद्धार्थको घरनजिक धेरैचोटि देखिएको छ । दुवैले एकअर्कालाई राम्रो साथी मात्र भने पनि उनीहरूको नयाँ योजना देख्दा यो गफ मात्र हो भन्ने लाग्छ । 

सिद्धार्थको आगामी फिल्म कारगिल युद्धको नायक रहेका क्याप्टेन विक्रम बत्राको जीवनी हो । ज्याकलिन भने रेस ३ मा सलमान खानका साथ देखिनेछिन् । 

एजेन्सी
 


ADVERTISEMENT

बैशाख २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार