×

NMB BANK
NIC ASIA

बुढ्यौलीले मात्र हैन, यी कारणले पनि लाग्छ बिर्सने रोग

बैशाख २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २५ वैशाख – तनावले भरिएको यो व्यस्त जिन्दगीमा घरिघरि बिर्सने बानी धेरैलाई लाग्न थालेको छ । पहिला त यो समस्या बूढो उमेरका मानिसलाई मात्र हुन्थ्यो तर अहिले यो बच्चाहरूमा पनि देखिन थालेको छ । सानो सानो कुरा बिर्सने समस्यालाई बेवास्ता गर्दा पछि त्यो अल्झाइमर वा डिमेन्सिया बन्न पुग्छ । यहाँ हामी यसबाट छुटकारा दिलाउने उपाय सिकाउँछौं ।

डिप्रेसन
धेर तनाव लिँदा वा डिप्रेसन हुँदा पनि बिर्सने रोग लाग्छ । तनावसँग जोडिएका हर्मोन न्युरोनहरूले दिमागका कोशिकाको काममा ढिलाइ गरेर बिर्सने खतरा बढाइदिन्छन् । 

पूरा निद्रा नलिँदा
हरेक व्यक्तिले दिमा कम्तीमा आठ घन्टा सुत्नुपर्छ । व्यस्त जीवनका कारण राम्रो निद्रा नपाउँदा दिमागमा नराम्रो असर पर्छ । अनि सानो सानो कुरा बिर्सन थालिन्छ र पछि यो समस्या अल्झाइमर बन्न पुग्छ ।

धूम्रपान
रक्सी र चुरोटको सेवन शरीरका लागि विषसमान हुन्छ र यसले भुल्ने रोग पनि लगाउँछ । विशेषज्ञहरूका अनुसार, धूम्रपानका कारण दिमागका रक्तधमनीहरू साँघुरिन्छन् र मस्तिष्कसम्म पर्याप्त अक्सिजन पुग्न पाउँदैन । अनि तपाईं भुलक्कड हुन थाल्नुहुन्छ । 

भिटामिन बी१२ को कमी
स्वस्थ रहनका लागि अनि रातो रक्तकोशिका निर्माणका लागि शरीरलाई भिटामिन बी१२ आवश्यक हुन्छ । यसको कमीका कारण स्मरणशक्ति गुम्ने, चिडचिडिने र तनाव जस्ता समस्या हुन्छन् र तिनै पछि डिमेन्सियामा परिणत हुन्छन् । यसबाट जोगिन पालुंगो, पनीर र दूधबाट बनेका खानेकुरा खानुस् । 

धेर औषधि खाँदा पनि बिर्सने रोग लाग्छ । चिकित्सकको सल्लाहविना पगितो औषधि नखानुस् । 

धेर टेन्सन लिँदा अनि शरीरमा पर्याप्त मात्रामा थाइरोइड हर्मोन बन्न पाउँदैन । थाइरोइड हर्मोन बन्न पाएन भने बिर्सने समस्या आउन थाल्छ । 

स्मरणशक्ति बलियो बनाउने उपाय
स्मरणशक्ति बलियो बनाउनका लागि बदाम र अन्य ड्राई फ्रूट खाने गर्नुस् । 

हरियो सागपात, साबुत अनाज, जैतूनको तेल र फलको सेवनले पनि दिमाग तेज बनाउँछ । दिनदिनै यिनको सेवन गर्नुस् । 

उमेर बढ्दै जाँदा आफ्नो काम आफैं गर्ने मानिसलाई अल्झाइमर्सको खतरा कम हुन्छ र स्मरणशक्ति पनि तेज हुन्छ । 

बिर्सने रोगका बेलामा दिमागमा बढ्ने विषालु बीटा एमिलाृयड नामक प्रोटीनको प्रभावलाई ग्रीन टीको सेवनले कम गर्न सकिन्छ । 

दिनदिनै कम्तीमा २० मिनेट व्यायाम गर्नुस् । अनि बिहान बेलुका १० मिनेट डुल्दा पनि बिर्सने समस्या कम गर्न सकिन्छ ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x