प्रि बजेटको पूर्वसन्ध्यामा शेयर बजार दोहोरो अंकले बृद्धि

बैशाख २५, २०७५

काठमाडौं, २५ बैशाख- प्रि बजेटको पूर्वसन्ध्यामा मंगलबार  शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से १५ दशमलव ६५ अंकले बढेर १३६१ दशमलव ०२ अंकमा उक्लिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३ दशमलव ०४ अंकले बढेर २८७ दशमलव ०९ अंकमा पुगेको छ ।

कारोबारमा आएका नौ समूहमा उत्पादनमुलक समूह बाहेक सबै उपसूचक बढेपछि समग्र बजार बढेको छ । उत्पादनमुलक समुह २ दशमलव ४३ अंकले घटेको छ । बैंक ११ दशमलव ७४, होटल ४३ दशमलव ८८, विकास बैंक १८ दशमलव १७, जलाबिद्युत २० दशमलव ३, फाइनान्स ० दशमलव १४, बीमा १५१ दशमलव २३, अन्य ० दशमलव ०६ र लघुवित्त ३५ दशमलव  ७६ अंकले बढेको छ ।

मंगलबार १६५ कम्पनीका १४ लाख कित्ता शेयर ५० करोड ६४ लाख रुपैयाँमा कारोबार भयो । जसमा सबैभन्दा बढी सिभिल बैंकको नौ करोड ३१ लाख कित्ता शेयर खरिद बिक्री भयो । सिन्धु विकास बैंकका शेयरधनीले करिब ८ प्रतिशत कमाएका छन् । नयाँ नेपाल लघुवित्त विकास बैंकका शेयरधनीले करिब ६ प्रतिशत गुमाए ।           

बैशाख २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस