×

NMB BANK
NIC ASIA

भारतीय भीआईपीको जनकपुर भ्रमण : पूरा भएन मुखर्जीको आश्वासन

बैशाख २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम, २५ वैशाख– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी बैशाख २८ गते नेपाल भ्रमणको शुरुवात जनकपुरबाट गर्दैछन् । उनी जनकपुर आउँदा जानकी मन्दिरमा पूजा आजा गर्नुका साथै जनकपुरको रंगभूमि मैदानमा आयोजित हुने नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । 

Muktinath Bank

उनको भ्रमणलाई ‘ऐतिहासिक बनाउन’ स्वागत र सम्मानका लागि संघ, प्रदेश, स्थानीय सरकारको तीव्र तयारी छ । मोदी आउँदा जनकपुरको बिकासका लागि अर्बौं रकमको बिशेष प्याकेज घोषणा हुने तथा त्यस अनुदानबाट जनकपुरको कायापलट हुने भनेर आम जनकपुरबासीमा चर्चाको बिषय पनि बनेको छ ।
 
तर यस अघि भारतका बहालवाला राष्ट्रपतिको हैसियतमा  प्रणब मुखर्जीको जनकपुर भ्रमण हुँदा उनले गरेका घोषणा हालसम्म कार्यान्वयन हुन सकेका छैनन् । १९ कार्तिक २०७३ मा जनकपुरको तिरहुतिया गाछिमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा हाल पूर्व भइसकेका राष्ट्रपति मुखर्जीले मिथिला माध्यमिकी परिक्रमाको  धनुषा र महोत्तरीको  एक–एक पडाव स्थलमा सुबिधा सम्पन्न धर्मशाला भारत सरकारले  निर्माण गर्ने भनेर घोषणा गरेका थिए । नागरिक सम्बोधनका क्रममा मुखर्जीले भनेका थिए,  ‘जनकपुरको परिक्रमा पथमा दुईवटा धर्मशालाहरु निर्माण गर्ने सिद्धान्त हाम्रो सरकारले लिएको छ । मलाई प्रशन्नता भइरहेको छ यो घोषणा गर्नका लागि कि दुईवटा धर्मशालाहरु हामी अवश्य निर्माण गर्नेछौं । जसले तिर्थयात्रीहरुलाई सुविधा दिनेछ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर मुखर्जीले भनेअनुसार धर्मशाला निर्माणका लागि अहिलेसम्म कुनै प्रक्रिया नै अगाडि बढेको छैन । मुखर्जीको उक्त घोषणा घोषणामै सीमित हुन पुगेको छ ।


Advertisment
Nabil box
Kumari

जानकी मन्दिर  दर्शन गर्ने भारतीय ‘भीआईपी’हरुको इतिहास

Vianet communication
Laxmi Bank

भारतका पुर्व राष्ट्रपतिद्वय निलम संजिवा रेड्डी र ज्ञानी जेल सिंह, भारतका पुर्व प्रधानमन्त्री चन्द्रशेखर, अटल विहारी बाजपेयी, विश्व हिन्दु परिषदका अध्यक्ष अशोक सिंघल लगायतका व्यक्तिहरुले जानकी मन्दिरको दर्शन गरिसकेका छन् । 

यसका अतिरिक्त योग गुरु स्वामी रामदेव, चारवटै पिठहरु जगरनाथपुरी, कान्छीकोटी, काशीवद्रीका आश्रमका शंकराचार्यहरु, रामानन्दाचार्य, लगायतका साधुहरुले समेत जानकी मन्दिरको दर्शन गरिसकेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जनाए । 

२५ जुलाई १९७७ देखि २५ जुलाई १९८२ सम्म भारतको राष्ट्रपति रहेका निलम संजिवा रेड्डी राष्ट्रपति रहेकै बेला जनकपुरको जानकी मन्दिर दर्शन गर्न आएका थिए । जनकपुर विमानस्थलमा ओर्लने वित्तिकै उनले आफूले लगाएको खुट्टाको जुत्ता खोली जनकपुरको माटो उठाई टाउकोमा टिका लगाएका थिए । उनलाई स्वागत गर्न जनकपुरबाट हजारौं मानिसहरु विमानस्थल पुगेका थिए । 

विमानस्थलदेखि जानकी मन्दिरसम्म स्थानीयवासीहरुले लाइन लागेर उनलाई स्वागत अभिनन्दन गरेका थिए । 

जानकी मन्दिरको दर्शन गरेपछि उपस्थित हजारौं व्यक्तिको सामु जानकी मन्दिरमा आउने तिर्थालुका लागि एउटा धर्मशाला निर्माणका लागि भारत सरकारले अनुदान दिने घोषणा गरेका थिए ।

तर, भारत एउटा धर्म निरपेक्ष राष्ट्र रहेका कारण कुनै खास धर्मका लागि अनुदान दिन गाह्रो भएपछि तत्कालीन प्रधानमन्त्री पिभी नरसिंहा रावलाई जसरी पनि व्यवस्था गर्न उनले आग्रह गरेका थिए । रेड्डी आन्ध्रप्रदेशको पहिलो मुख्यमन्त्री समेत भएका कारण प्रधानमन्त्री रावलाई आन्ध्रप्रदेशको तिरुमल तिरुपति देवस्थानम ट्रष्ट मार्फत रकम दिलाइएको राराब क्याम्पस जनकपुरका तत्कालिन क्याम्पस प्रमुख प्राध्यापक  महेन्द्र नारायण मिश्र बताउँछन् । 

उक्त धर्मशाला अहिले बृहत्तर जनकपुर विकास क्षेत्र परिषदको मातहतमा यात्री निवासको नाउँले परिचित छ । 

त्यसैगरी रेड्डीपछि २५ जुलाई १९८२ देखि २५ जुलाई १९८७ सम्म भारतको राष्ट्रपति रहेका ज्ञानी जेल सिंहले पनि राष्ट्रपति रहेकै बेला जनकपुरको जानकी मन्दिरमा पुजा अर्चना गरेका थिए ।

विक्रम सम्वत २०४९ सालमा भारतको लोकसभामा विपक्षी दलका नेता रहेका अटल विहारी बाजपेयी जनकपुर आइ जानकी मन्दिरको दर्शन गरेका थिए । बाजपेयीले एक रात जनकपुरमै विताएका थिए । जानकी मन्दिरको दर्शन गरी उपस्थित मानिसहरुलाई सम्बोधन गर्दा ठूलो हावाहुरी र पानी पनि पर्न थालेपछि मान्छेहरु ओत लाग्न अन्यत्र जानै लाग्दा बाजपेयीले हिन्दीमा भनेका थिए, ‘यो शरीर कागजको होइन कि पानीले भिजे पछि गलिहाल्छ ।’ त्यसपछि पानीमा भिजेरै भएपनि उपस्थित स्थानीयले उनको भाषण सुनेका थिए । 

बाजपेयीलाई सिक्किको परालबाट बनेको सिल्प हाथी र केही उपहार सामग्रीहरु दिएर सम्मान गरिएको थियो । मिथिला लोकाचित्र र लोक सिल्प नेपालको मिथिलाञ्चलमा पनि बन्ने गरेको कुराबाट आफू धेरै हर्षित भएको र त्यसलाई व्यवसायिक रुप दिनुपर्ने बाजपेयीले बताएका थिए । बाजपेयी जनकपुर चुरोट कारखानाको गेस्ट हाउसमा एक रात बसेका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x