×

NMB BANK
NIC ASIA

अघिल्लै वर्ष 'मरिसकेको' सम्झौता ब्युँताइँदै, जनकपुरबाट ओली र मोदीले हरियो झण्डा देखाउने

बैशाख २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम, २६ वैशाख– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमणलाई लिएर तीनै तहका सरकार तयारीमा व्यस्त छन् । मोदी सिधै जनकपुर आउने कार्यक्रम रहेकाले विशेष गरी जनकपुरमा यसको रौनक छ । 

Muktinath Bank

मोदीको जनकपुर भ्रमणका क्रममा रामायण सर्किटसम्बन्धी सम्झौता हुने तथा जनकपुर–अयोध्या सिधा बस सेवा शुरु गर्ने नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जनाइसकेका छन् । यसका साथै मोदीलाई नागरिक अभिनन्दन गर्नेगरी जनकपुर उपमहानगरपालिकाले तयारी गरिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोदी नेपाल आउँदा नयाँ सम्झौता गर्ने तयारी भइरहँदा यसअघि नै भारतीय पक्षसँग भएका सम्झौताहरू भने कार्यान्वयनमा आउन सकेका छैनन् । त्यसमध्ये एक हो, जनकपुर–अयोध्या भगिनी शहर सम्झौता ।


Advertisment
Nabil box
Kumari

२५ नोभेम्बर २०१४ मा साविकको जनकपुर नगरपालिका र भारतको उत्तर प्रदेशस्थित अयोध्या शहरलाई भगिनी शहरका रूपमा विकास गर्ने गरी सम्झौता गरिएको थियो । नेपाल सरकारका तर्फबाट स्थानीय विकास मन्त्रालयका तत्कालीन सचिव पूर्णचन्द्र भट्टराई र भारत सरकारको तर्फबाट नेपालका लागि तत्कालीन भारतीय राजदूत रञ्जित रेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

Vianet communication
Laxmi Bank

तीन वर्षे म्याद रहेको उक्त सम्झौताको अवधि गत नोभेम्बरमा सकियो । सम्झौता नविकरणमा दुवै पक्षले चासो देखाएनन् । सम्झौता सम्झौतामा मात्रै सीमित रह्यो ।

अहिले त्यही सम्झौतालाई नविकरण गर्दै दुई प्रधानमन्त्रीले हरियो झण्डा देखाएर जकपुर–अयोध्या सिधा बस सेवाको शुभारम्भ गर्दैछन् ।

२८ वैशाखमा दुवै प्रधानमन्त्रीले हरियो झण्डा देखाएपछि एउटा बस जनकपुरबाट तीर्थ यात्रीहरू बोकेर अयोध्याका लागि प्रस्थान गर्ने जानकी मन्दिरका छोटे महन्थ राम रोशन दास वैष्णवले जानकारी दिए । उक्त बस अहिले जनकपुरमा आइनपुगेको भए पनि भारतको अयोध्याबाट प्रस्थान गर्ने तयारी भइसकेको उनले बताए ।

यस्तो थियो भगिनी शहर सम्झौता

११ बुँदामा गरिएको उक्त सम्झौतापत्रमा दुवै देशका जनकपुर र अयोध्या शहरका नगरपालिकाको कार्यालयले पालना गर्नुपर्ने शर्तहरू, दुवैको भूमिका, उद्देश्य, गर्नु पर्ने कामहरू, अनिवार्यता, सम्झौताको कार्यान्वयन, संशोधन, अवधि र रद्द हुने शर्तहरू उल्लेख छ ।

दुवै शहरलाई एक आपसमा जोड्नका निम्ति, मित्रवत सम्बन्ध र सहयोग बढाउनका निम्ति त्यो सम्झौता गरिएको हो ।

मुख्यतः दुवै शहरले आ–आफ्ना विशेषज्ञका साथ सेवा प्रदान गर्ने, यातायात, शिक्षा, संस्कृति, खेलकुद, प्रदूषित जल तथा फोहर व्यवस्थापन, पूर्वाधार, वातावरण, जनस्वास्थ्य, विज्ञान तथा प्रविधि, पर्यटन, सांस्कृतिक सम्पदा व्यवस्थापन, श्री विकास लगायतका क्षेत्रहरूमा सहकार्य गरेर विकासका कामहरू अगाडि बढाउने भनेर सम्झौता गरिएको हो । तर, उक्त सम्झौता कार्यान्वयनको दिशामा यसअघि कुनै पनि काम अगाडि बढ्न सकेको थिएन ।

जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह भन्छन्, ‘विगतमा जनकपुर अयोध्या भगिनी शहर भनेर सम्झौता गरी पनि जननिर्वाचित प्रतिनिधिको अभावमा कुनै पनि काम अगाडी बढ्न सकेन, दुर्भाग्य त कस्तो भयो भने त्यो सम्झौताको  म्याद बिते पनि नविकरण गर्न सकिएको छैन ।’

तर अब भारतीय प्रधानमन्त्री मोदीको जनकपुर आगमनसँगै उक्त सम्झौता नविकरण तथा सम्झौताअनुसार कामहरू अगाडि बढ्नेमा मेयर साह आशावादी छन् ।

हेर्नुहोस्, सम्झौता :

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x