×

NMB BANK
NIC ASIA

बेनामी र इखपूर्ण उजुरी नलिन अख्तियारलाई जनप्रतिनिधिको सुझाव

बैशाख २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, २६ वैशाख – अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा सुशासन र सदाचार प्रवद्र्धन गर्न स्थानीय तहका प्रमुख÷उपप्रमुख र प्रशासकीय अधिकृतहरूलाई भ्रष्टचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषयक प्रशिक्षण दिएको छ । 

Muktinath Bank

बुधबार बुटवलमा भएको कार्यक्रममा साविक लुम्बिनी अञ्चल र प्युठान जिल्लाका उपमहानगर, नगर, गाउँपालिकाका प्रमुख÷उपप्रमुख , अध्यक्ष उपाध्यक्ष, जिसस प्रमुख÷उपप्रमुख र प्रशासकीय अधिकृतहरू सहभागी थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले स्थानीय तहमा भ्रष्टचार र अनियमितता हुने भन्दै त्यसतर्फ अख्तियारमा निरन्तर निगरानी हुने बताए । नीतिगत भ्रष्टचार बढ्दै गएको भन्दै त्यसतर्फ अख्तियारको चनाखो रहेको जानकारी गराए । 


Advertisment
Nabil box
Kumari

तर जनप्रतिनिधिहरू बेनामी र इखपूर्ण उजुरीले आफूहरूका विकास योजनामा बाधा परेको भन्दै त्यस्ता उजुरी नलिन अख्तियारलाई सुझाएका थिए । गौमुखी गाउँपालिका प्यूठानका विष्णु गिरीले झुट्टा उजुरीले आफूहरू हैरानी परेको बताए ।

Vianet communication
Laxmi Bank

माथागढी गाउँपालिका पाल्पाका सन्तोष थापाले बेनामी उजुरी छिटो फछयौट गर्न अख्तियारलाई आग्रह गरे । बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्यालले कसैप्रति खराब सोचले दिइएको नामबिहीनको खारेजी गरिनुपर्ने बताए । 

प्रदेश नम्बर पाँचको मुख्यमन्त्री कार्यालयका सचिव शंकरप्रसाद पाठक, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायका उपसचिव हरि पौडेल, जनप्रतिनिधिहरुको जवाफ दिँदै जोशीले कसैलाई दुःख दिने नियतले हालिएको भन्ने लागेमा थालिएका कामहरू नरोक्न आग्रह गरे ।

कार्यक्रममा रूरू गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पन्त, सितगंगा नगरपालिका अर्घाखाँचीका प्रमुख सुर्यप्रसाद अधिकारी, रामपुर नगरपालिका पाल्पाका प्रमुख प्रशासकीय अधिकृत बाशुदेव रेग्मी लगायतले बोलेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x