आईपीएल : कोलकातामाथि मुम्बईको रोमाञ्चक जित

काठमाडौं, २७ वैशाख– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत बुधवारराति भएको खेलमा मुम्बई इन्डियन्सले रोमाञ्चक नतिजा निकालेको छ । आईपीएलको जारी ११ औँ सिजनमा मुम्बईले कोलकातामाथि शानदार जित हासिल गरेको हो ।

शुरुका तीन खेलमा हार बेहोरेको मुम्बई इन्डियन्सले कोलकाताको इडन कार्डेनमा भएको खेलमा लय समातेको हो । बुधबार मुम्बईले कोलाकाता नाइटराइडर्समाथि १०२ रनको शानदार जित दर्ता ग¥यो । यो जित मात्रै थिएन, मुम्बई कोलकातालाई पछि पार्दै अंक तालिकाको चौथो स्थानमा उक्लियो । 

यो सिजनन मुम्बई पहिलो पटक शीर्ष चारमा पुगेको हो । टस जितेर पहिले ब्याटिङ्ग गरेको मुम्बईले ६ विकेटको क्षतिमा २१० रन बनायो । २११ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ्ग गरेको कोलकाताले १८ ओभर १ बलमा सबै विकेट गुमाएर १०८ रन मात्रै बनायो । 

जितपछि चौथो स्थानमा उक्लिएको मुम्बईको ११ खेलबाट १० अंक भएको छ । यस्तै पाँचौँ स्थानमा झरेको कोलकाताको १० अंक छ ।

बैशाख २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस