×

NMB BANK
NIC ASIA

‘गरीब प्रदेश’को सरकारका कार्यक्रम तारे होटलमा, सरकारी सभाहल रित्तै !

बैशाख २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत, २७ वैशाख –करीब ५२ प्रतिशत जनता गरीबीको रेखामुनि रहेको कर्णाली प्रदेश सरकारको कार्यक्रमहरुमा तारे होटलहरुमा आयोजना हुने गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रदेश सरकारले नीति तथा कानून तर्जुमा सम्बन्धी कार्यक्रम र छलफलहरु समेत सरकारी भवनमा नभइ तारे होटलहरुमा महंगो खर्च गरेर गर्ने गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैशाख १८ गते वीरेन्द्रनगरको सबैभन्दा महँगो होटल सिद्धार्थमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशको सामाजिक विकास मन्त्रालयले स्थानीय तहमा स्वास्थ्य अभिमुखिकरण तथा प्रदेश स्तरीय स्वास्थ्य नीति, कानून तर्जुमा सम्वन्धी छलफल कार्यक्रम आयोजना गर्‍यो । उक्त कार्यक्रममा सरकारका मुख्यमन्त्रीदेखि मन्त्रीसम्मको सहभागीता रहेको छ । 


Advertisment
Nabil box
Kumari

त्यस्तै  २६ गते बुधबार  ६६ औं राष्ट्रिय कानून दिवस सोही होटलमा मंहगो भाडा तिरेर मनाइयो ।

Vianet communication
Laxmi Bank

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, पर्यटन मन्त्री नन्दसिंह बुढा, भौतिक योजना तथा पूर्वाधार मन्त्री खडकसिंह खत्रीलगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो । 

गरीब प्रदेशको स्तर उकास्नुको सट्टा सरकार महंगो होटलमा कार्यक्रम गर्दै प्रदेशको स्रोतको दुरुपयोगमा लागेको स्थानीयले आरोप लगाएका छन् । 

सरकारी भवन वा खर्च नगरि कार्यक्रम गर्नसकिने भएपनि महंगा होटलमा कार्यक्रम हुने गरेको छ । 

भाषणमा गरिब प्रदेश छ भन्दै हिडने गरेका मन्त्रीहरुले मंहगो होटलमा कार्यक्रम गर्नु दुखद् भएको स्थानीयहरुको भनाइ छ । 

‘‘प्रदेश समृद्ध पार्ने कसम खाएका मन्त्रीहरुको होटल प्रेम बुझिनसक्नु छ ’ स्थानीय रमेश ओलीले भने, ‘हरेक ठाउँमा मनलाग्दी रकम खर्चेर के को समृद्धि होला खै ! कि मन्त्रीहरुको समृद्धि हो भने त ठिकै होला ।’ 

सर्वसाधारणले  केन्द्र सरकारले पठाएको बजेट होटलमा कार्यक्रम गरेर खर्च गरेर मन्त्रीहरुले सक्ने भन्दै चिन्ता व्यक्त गरे । 

वीरेन्द्रनगरमा धेरै सरकारी हलहरु भएपनि सरकारी स्तरमा हुने कार्यक्रमहरु नहुनु आश्चर्यको विषय भएको कतिपयको आरोप छ । 

‘‘जिल्ला समन्वय समितिको हल खाली नै छ’ ओली भने, ‘त्यसको प्रयोग नहुनुको कारण के रैछ ?’

होटलमा कार्यक्रम सामान्य–कानून मन्त्री

आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले भने होटल प्रयोगलाई सामान्य रुपमा लिनुपर्ने बताए ।

‘हामीले सामान्य खर्चमा कार्यक्रम आयोजना गरेका हौं’ होटल प्रयोगको बचाउ गर्दै उनले भने, ‘अन्यत्र गर्दा पनि खर्च लाग्छ होटलहरुमा गर्दा खाजा खुवाइन सजिलो हुने भएका कारण त्यहाँ कार्यक्रम गरिएको हो ।’
मन्त्री भण्डारीले प्रदेश समृद्धिको यात्रामा तारे होटमचा गरिने कार्यक्रममो खर्चले खसर नपर्ने बताए । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x