कर्णाली प्रिमियर लिग खेल्न राष्ट्रिय खेलाडी पनि सुर्खेत आउने

बैशाख २७, २०७५

सुर्खेत, २७ वैशाख- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित 'कर्णाली प्रिमियर लिग' खेल्न राष्ट्रिय किक्रेट टोलीमा आवद्ध खेलाडीहरू पनि सुर्खेत आउने भएका छन् ।

लिगका प्रचार-प्रसार संयोजक मानबहादुर खड्काका अनुसार विनोद भण्डारी, शक्ति गौचन, प्रदीप ऐरीलगायतका खेलाडी सुर्खेत आउने भएका हुन् ।

हालसम्म प्रदेशहरूमा आयोजितमध्ये सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, रुपन्देही ११, महाकाली क्रिकेट क्लब, मदन भण्डारी स्पोर्ट्स एकेडमी, रोयल राइजिङ क्रिकेट क्लब, मध्यपश्चिम क्रिकेट क्लब, भेरिगंगा स्पोर्ट्स क्लब, काठमाडौ क्रिकेट ट्रेनिङ सेन्टर, एबीसी क्लब तथा धनगढी क्रिकेट एकेडमीले सहभागिता जनाउने छन् ।

बन्धु विकास सहकारी संस्थाले आयोजना गर्न लागेको प्रतियोगिता टी-ट्वान्टी फर्म्याटमा हुनेछ । प्रतियोगिता सुर्खेत रंगशालामा आगामी जेठ ३ गतेबाट शुरु हुनेछ ।

आर्मीको नेतृत्व विनोद भण्डारी, रुपन्देही ११ को शक्ति गौचन, महाकाली क्रिकेट क्लबको प्रदीप ऐरी, मदन भण्डारी स्पोर्ट्स एकेडमीको रुपेस श्रीवास्तव, रोयल राइजिङ क्रिकेट क्लबको कप्तानमा विवश गिरी, मध्यपश्चिम क्रिकेट क्लबको सुबेन्दु पाण्डे, भेरीगंगा स्पोर्ट्स क्लबको लोकेन्द्र विक, काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरको सञ्जय बस्नेत, एबीसी क्लबको रवीन्द्र शाही तथा धनगढी क्रिकेट एकेडमी नेतृत्व भुवन कार्कीले गर्नेछन् ।

रुस्लानले मुख्य प्रायोजन गर्ने प्रतियोगिताको विजेताले रु. ३ लाख र उपविजेताले रु. १ लाख ५० हजार प्राप्त गर्नेछ ।

यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले रु. २ हजार ५०० प्राप्त गर्नेछन् भने प्रतियोगिताको उत्कृस्ट खेलाडीले रु. २५, हजार र उत्कृस्ट बलर तथा ब्याट्स म्यानले रु. १० हजार प्राप्त गर्ने बताइएको छ ।

यस्तै प्रत्येक दिन खेल हेर्ने दर्शकमध्ये भाग्यमानी १ जनालाई १ हजार रुपैयाँ समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

बैशाख २७, २०७५ मा प्रकाशित

शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस