×

NMB BANK
NIC ASIA

थाहा पाउनुस् आज कहाँ कहाँ हुन्छ जाम

बैशाख २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २८ वैशाख– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका लागि आज आउँदैछन् । साढे १० बजे जनकपुर विमानस्थलमा अवतरण गरेसँगै उनी करिब दुई घन्टा जनकपुरमा रहने कार्यक्रम छ । त्यपछि मोदि काठमाडौं आउने छन् । मोदीको भ्रमणका कारण शुक्रबार र शनिबार काठमाडौंको यातायात व्यवस्था प्रभावित हुने भएको छ । 

Muktinath Bank

शुक्रबार(आज) विहान भारतबाट मोदी सोझै जनकपुर आउने कार्यक्रम छ । त्यहाँ नागरिक अभिनन्दन लगायतका कार्यक्रम सकिएसँगै मोदी हेलिकप्टर मार्फत काठमाडौं आउनेछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनकपुरको कार्यक्रम सकिएसँगै मोदी दिउँसो करीब १ बजे काठमाडौं उत्रने छन् । त्यसपछि उनी चुच्चेपाटीमा रहेको होटल हायत तर्फ जाने छन् । त्यसक्रममा उनी विमानस्थलबाट निस्कनु भन्दा केही समय अघिदेखिनै उक्त सडक खण्डका सवारी आवागमन बन्द हुनेछ । 


Advertisment
Nabil box
Kumari

तिनकुने तर्फबाट सिनामंगाल, एयरपोर्ट, गौशाला, चावहिल, बौद्ध, जोरपाटी लगायका स्थानमा मोदी विमानस्थलमा अवतरण गर्नुपूर्व नै सवारी आवागमन बन्द हुनेछ । 

Vianet communication
Laxmi Bank

मोदीलाई सरकारले विशेष सत्कार गर्दै छ उनलाई टुँडिखेलमा दिउँसो चार बजे गार्ड अफ अनर प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि चाबहिल गौशाला, तिनकुने, बानेश्वर, माइतिघरको सवारी प्रभावित हुने छ । चार बजे उनी सैनिकमञ्च टुँडिखेल जानुभन्दा करीब एक घन्टा अगाडी उक्त सडक खण्डमा सवारी खाली गरिने छ । 

गार्ड अफ अनर लिएसँगै मोदी उपराष्ट्रपति नन्दबहादुर पुनसँ भेटवार्ताका लागि कान्तिपथ जानेछन् । उक्त सयममा रत्नपार्क, जमल, दरबारमार्ग, लैनचउर लगायतका स्थानका सडक वन्द हुने छ । 

उपराष्ट्रपतिसँगको भेटवार्तापछि मोदी राष्ट्रपति विद्या भण्डारीसँगको भेटवार्ताका लागि शीतलनिवास जानेछन् । त्यसक्रममा लैनचउर, महाराजगञ्ज, चक्रपथ क्षेत्रमा सवारी आवागमन बन्द हुनेछ । 

राष्ट्रपतिसँगको छलफल सकिएसँगै मोदी पुरानो वानेश्वरमा रहेको होटल द्वारिकाजमा जानेछन् । त्यसक्रममा पनि गौशाला, चावहिलदेखि पुरानोवानेश्वर आसपासको क्षेत्रको सवारी अस्तव्यस्त हुने छ । 

यस्तो छ शनिवारको तालिका

शनिवार विहान मोदी मुक्तिनाथ प्रस्थान गर्ने छन् । त्यस क्रममा होटल हायतदेखि एयरपोर्ट सम्मको रुटको सवारी वन्द हुनेछ । मुक्तिनाथ दर्शन गरेर मोदी करिब १० बजे त्रिभुबन विमानस्थल फर्कने छन् । त्यसपछि उनी पशुपतिनाथमा विशेष पुजा अर्चनाका लागि पुग्नेछन् । त्यसपछि उनको यात्रा होटल हायतका लागि हुनेछ । 

काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा दिउँसो २ बजे भारतीय प्रधानमन्त्री मोदीलाई अभिनन्दन गर्ने कार्यकम रहेको छ । त्यसका लागि उनी होटल हायतबाट चावहिल, गौशाला, तिनकुने, बानेश्वर, माइतिघर, सिंहदरबार हुँदै भृकुटीमण्डप पुग्नेछन् । उनी राष्ट्रियसभागृह जानुभन्दा केही अगाडि नै सडक खाली हुनेछ । 

शुक्रबार मध्यान्नदेखि शनिबार अपराह्नसम्म राजधानीको ट्राफिक अस्तव्यस्त हुने भएका कारण वैकल्पिक मार्ग प्रयोग गर्दा फाइदा पुग्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x