अल्लु अर्जुनका प्रशंसकले दिए समीक्षकलाई बलात्कारको धम्की

बैशाख २८, २०७५

काठमाडौं, २८ वैशाख – दक्षिण भारतीय फिल्मका सुपरस्टारहरूलाई उनीहरूका प्रशंसकले भगवानलाई जस्तै पूजा गर्छन् । रजनीकान्तको त मन्दिर नै बनाइएको छ र अनि विजय, अजित, ममूटी, गौतम लगायतका कलाकारका प्रशंसकहरू पागल भएर पछि लाग्छन् । 

साउथका सुपरस्टार अल्लु अर्जुनका प्रशंसकहरूले हालै उनको फिल्म ना पेरु सूर्या, ना इल्लु इन्डिया फिल्मको नकारात्मक समीक्षा लेख्ने क्रिटिकलाई बलात्कारको धम्की दिएका छन् । 

मलयाली फिल्म समीक्षक अपर्णा प्रशान्तिले अल्लु अर्जुनको नयाँ फिल्मको नकारात्मक समीक्षा गरेकी थिइन् । त्यसपछि उनको रिभ्युमुनि अश्लील कमेन्ट आउन थाल्यो । अल्लुका प्रशंसकहरूले उनलाई ट्रोल गर्न थाले । केही
प्रशंसकले त उनलाई बलात्कार गर्ने र हत्या गरिदिने धम्की समेत दिए । 

अपर्णाले त्यसपछि प्रहरीको साइबर सेल र डीजीपीलाई उजुरी दर्ता गरेकी छन् । 

यसअघि पहिलो सुपरस्टार विजयका प्रशंसकले पनि एक पत्रकारलाई गाली गरेका थिए ।

एजेन्सी
 

बैशाख २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस