×

NMB BANK
NIC ASIA

मोदीले मुक्तिनाथमा शनिवार पूजाअर्चना गर्ने, यस्तो छ मुक्तिनाथको महत्त्व

बैशाख २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २८ वैशाख – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शनिवार नेपाल यात्राका क्रममा मुस्ताङस्थित मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गर्दैछन् । 

हिमालपारिको जिल्ला मुस्ताङमा रहेको मुक्तिनाथको ऐतिहासिक मन्दिरको सम्बन्ध सृष्टिको आरम्भकालदेखि नै रहेको मानिन्छ । यहाँ नै भगवान् विष्णुलाई सती वृन्दाको श्रापबाट मुक्ति प्राप्त भएको थियो त्यसैले यसलाई मुक्तिनाथ भनिन्छ । 

पुराणहरूका अनुसार, पृथ्वी सात भाग र चार क्षेत्रमा बाँडिएको छ । यी चारमध्ये प्रमुख क्षेत्र मुक्तिनाथ धाम हो । 

Muktinath Bank

शालिग्राम पर्वत र दामोदरकुण्डका बीचमा सृष्टिकर्ता ब्रह्माजीले मुक्तिक्षेत्रमा यज्ञ गर्नुभएको थियो । यस यज्ञको प्रभावले भगवान् शिव अग्निज्वालाका रूपमा अनि नारायण जलरूपमा उत्पन्न हुनुभएको थियो । यसैबाट सबै पाप नाश गर्ने मुक्तिक्षेत्रको प्रादुर्भाव भएको थियो । 

श्री भगवान् मुक्तिनाथको महत्त्व यसैबाट लगाउन सकिन्छ कि उहाँको पूजाअर्चना वैदिककाल र पौराणिक कालदेखि अनवरत चलिरहेको छ । उपनिषद्, ब्रह्मसूत्र, सकन्द पुराण, वराह पुराण, पद्म पुराण, ब्रह्माण्ड पुराण सहित लभग सबै पुराणमा मुक्तिक्षेत्र तथा शालिग्राम अर्चना विधिको वर्णन पाइन्छ । 

यहाँ भगवान् स्वामीनारायणले लगभग ६ महिना तपस्या गरेर सिद्धि प्राप्त गरेको विश्वास गरिन्छ । भगवान् विष्णुलाई श्रापबाट मुक्ति र स्वामी नारायणको तपस्याका कारण हिन्दूहरूका लागि यो नेपालको प्रमुख तीर्थमध्ये एक हो । 

मुक्तिधाममा बौद्ध धर्म मान्नेहरूको पनि अपार श्रद्धा हो । बौद्धहरू नारायणलाई आर्यावलोकितेश्वर मानेर पूजा गर्छन् । त्यसैले मुक्तिधाम धार्मिक सहिष्णुताको पनि एक प्रमुख केन्द्र हो । मुक्तिनाथ धामको सम्बन्ध भगवान् बद्रीनाथसँग
रहेको मानिन्छ किनकि ब्रदीनाथको गर्भगृहमा शालिग्राम भगवानको पूजा हुन्छ । 

मुक्तिधामनजिक गण्डकी नदी र दामोदरकुण्डको धारा मिल्ने ठाउँलाई कागबेनी भनिन्छ । यहाँ श्राद्धतर्पण गर्दा व्यक्तिको २१ पुस्तालाई मुक्ति प्राप्त हुने मान्यता छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विष्णुपुराणमा जडभरतको कथा आउँछ । उहाँले यहाँ तपस्या गनुभएको थियो र त्यही तपको फलले पापमुक्त भएर मोक्ष प्राप्त गर्नुभएको थियो । 

गण्डकी नदीले युगयुगान्तरसम्म बगिरहेर मुक्ति प्रदान गर्नुहुन्छ भन्ने मान्यता छ ।
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x