दमक गोल्डकपको उपाधि नेपाल पुलिसलाई

झापा, २८ बैशाख –  झापाको दमकमा सञ्चालित दमक गोल्डकप फुटबल प्रतियाेगिताको उपाधि विभागीय टीम नेपाल पुलिस क्लबले जितेको छ । शुक्रवार भएको फाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै पुलिसले उपाधि हात पारेकाे हो । 

उपाधिसँगै पुलिसले नगद १३ लाख ११ हजार रुपैयाँ प्राप्त गर्यो भने मनाङले ६ लाख ११ हजार रुपैयामा चित्त बुझाउनु पर्यो । फाइनल खेलमा पुलिसका रेजिन सुब्बाले निर्णायक गोल गरेका थिए । उनले खेलेकाे ८८ औं मिनेटमा हेडमार्फत गोल गर्दै पुलिसको जीत सुनिश्चित गरेका थिए । 

खेलमा पुलिसका अभिषेक रिजाल म्यान अफ द म्याच घोषित भए । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृष्ट डिफेण्डरमा पुलिसका सन्तोष हेमरम भए । उत्कृष्ट मीडफिण्डरमा मनाङका सुजल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्तराज थापा, उत्कृष्ट फर्वाड पुलिसका रेजिन सुब्बा, सर्वाधिक गोलकर्ताको पुरस्कार संयुक्त रुपमा तीन/तीन गोल गरेका आर्मीका नवयुग श्रेष्ठ, मदन भण्डारी स्पोर्टस् एकेडेमीका विदेशी खेलाडी म्याक्स अलावाले र एपीएफका हरी कार्की तथा सर्वोत्कृष्ट खेलाडी पुलिसका गोलकिपर किरण चेम्जोङ घोषित भए । विद्यागत उपाधि विजेता खेलाडीले जनही नगद २५ हजार प्राप्त गरे । सर्वोत्कष्ट खेलाडी किरणले टिभिएस कम्पनीको अपाची मोटरसाईकल प्राप्त गरे ।   

गोल्डकप बैशाख १९ गतेदेखि सुरु भएको थियो । दमक नगरपालिकाले आयोजना गरेको गोल्डकपमा आयोजकसहित १० टिमको सहभागीता रहेको थियाे । 

बैशाख २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस