×

NMB BANK
NIC ASIA

अरुण तेस्रोको शिलान्यासमा विभागीय मन्त्री नै ‘आउट’, प्रधानमन्त्रीको ‘नियत’मा माओवादीको प्रश्न !

बैशाख २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं २९ वैशाख– नेपाल र भारतका प्रधानमन्त्रीले अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास कार्यक्रममा विभागीय मन्त्रीलाई वेवास्था गरिएको खुलासा भएको छ । मन्त्रालयका सचिव र अन्य अधिकारीलाई बोलाइए पनि उर्जा मन्त्री बर्षमान पुनलाई भने सो समारोहमा निमन्त्रण नै नगरिएको खुलासा भएको छ । 

Muktinath Bank

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार राती काठमाडौंको बत्तिसपुतली स्थितएक होटलबाट स्विच थिचेर अरुण तेस्रोको शिलान्यास गरेका थिए । शिलान्यास कार्यक्रममा मन्त्री पुनलाई नबोलाइएको उनी निकट स्रोतले जानकारी दियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मन्त्रीज्यू हिजो काठमाडौंमै हुनुहुन्थ्यो, शिलान्यास कार्यक्रममा निमन्त्रणा थिएन,’ मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले लोकान्तरसंग भने । सचिवहरुलाई आमन्त्रण गरेर आफूलाई छुटाइएकोमा मन्त्री पुनले अप्ठेरो मानेका थिए । 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्रीको एकलौटी बढ्यो : माओवादी

Vianet communication
Laxmi Bank

माओवादी केन्द्रले भने विभागीय मन्त्रीलाई शिलान्यास कार्यक्रममा नबोलाइनुको पछाडिको नियतमा प्रश्न उठाएको छ । ‘त्यति ठूलो आयोजना शिलान्यास कार्यक्रममा विभागीय मन्त्रीलाई जानकारी नदिनु गम्भीर बिषय हो,’ माओवादीका एक नेताले लोकान्तरसँग भने, ‘हामी पार्टीमा गम्भीर समीक्षा गर्छाैं।’

शिलान्यास अघिको द्विपक्षीय वार्तामा नेपालको तर्फवाट २१ जना सहभागी भएकोमा उर्जा मन्त्रीलाई छुटाइएको थियो । उर्जा तथा सिँचाई मन्त्रालयका सचिवलाई भने शिलान्यासमा बोलाइएको थियो । 

अरुण तेस्रोको लाइसेन्स सम्बन्धमा उर्जा मन्त्रालय र लगानी बोर्डबीच विवाद छ । लगानी भित्र्याएपछि आयोजना निर्माणको अनुमतिपत्र लगानी बोर्डले दिन नमिल्ने मन्त्रालयको अडान छ । उर्जा मन्त्रालय र विद्युत् विकास विभागको अधिकार खोसेर लगानी बोर्ड मार्फत् सिधै लाइसेन्स दिन खोजिएको उर्जा मन्त्रालयका अधिकारीहरुको आशंका छ । 

लगानी बोर्डले ४ सय ५० मेगावाट भन्दा माथिका केही योजना उर्जासँग मागेको थियो । त्यसमा उर्जा मन्त्री सकारात्मक रहेको मन्त्रालय स्रोत बताउँछ । 

आयोजना मागेको छ । उर्जाको कर्मचारी लगानी बोर्डमा छन् । संरचना छैन् । तीन चारवटा पाँचवटा आयोजना नदिइएको छ । 

माओवादी मन्त्रीलाई डिनरमा बोलाइएन 

शुक्रवार भारतीय प्रधानमन्त्री मोदीको सम्मानमा आयोजित रात्री भोजमा समेत माओवादी मन्त्रीहरुलाई विभेद गरिएको छ । सो रात्री भोजमा माओवादीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बाहेक अरुलाई आमन्त्रण गरिएको थिएन । 

रात्रीभोजमा छुटाइएको विरोधमा माओवादी मन्त्रीहरुले शनिवार काठमाडौं महानगरपालीकाले आयोजना गरेको नागरिक अभिनन्दन बहिस्कार गरेका थिए । 

प्रधानमन्त्री ओलीले सचिव सरुवामा एकलौटी गरेको, बजेट निर्माणमा आफ्ना मन्त्रीहरुलाई थाहा नदिएको भन्दै सरकारका क्रियाकलापप्रति माओवादी झस्किएको छ । पार्टी एकता अन्तिम चरणमा पुगेको भनिएको समयमा प्रधानमन्त्री ओलीका पछिल्ला गतिविधिले एकता प्रक्रियामा शिथिलता उत्पन्न भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x