सामुदायिक विद्युत् महासंघको अध्यक्षमा ज्ञवाली निर्वाचित

काठमाडौं २९ वैशाख– सामुदायिक विद्युत उपभोक्ता महासंघको अध्यक्षमा नारायण ज्ञवाली पुनः निर्वाचित भएका छन् ।

शनिवार ललितपुरमा सम्पन्न पाँचौ अधिवेशनले ज्ञवालीको नेतृत्वमा तीन वर्षका लागि नयाँ कार्यसमिति गठन गरेको हो । 

उपाध्यक्षमा श्रीकान्त घिमिरे, महिला उपाध्यक्षमा मीना खड्का, महासचिवमा रामकृष्ण हुँमागाई तथा सचिवमा यमबहादुर पछाइ र कोषाध्यक्षमा ज्ञानु पाण्डे निर्वाचित भएका छन् ।

अधिवेशनमा देशभरका ३ सय प्रतिनिधि सहभागि थिए । 

महाधिवेशनको उर्जा मन्त्री बर्षमान पुनले शुक्रवार उद्घाटन गरेका थिए ।

सरकारको ९० र समुदायको १० प्रतिसत लगानीमा सञ्चालित ग्रामीण विद्युती करण कार्यक्रम मार्फत देशका झण्डै ४ लाख घरधुरीले विजुली बालेका छन् । 
 

बैशाख २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस