कात्तिक २९, २०८०
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
यस वर्ष जेठमा अधिकमास परेको छ । जेठ २ गतेबाट अधिकमास लाग्छ । अब अधिकमास परेपछि के हुन्छ ? अधिकमासमा के–के गर्न हुन्छ ? के–के गर्न हुँदैन ? यस्ता जनजिज्ञासाहरू यत्रतत्र सुनिन थालेका छन् । आखिर के हो त अधिकमास ? कुनै कुनै वर्षहरूमा अधिकमास किन पर्छ ? यो कसरी पर्छ ? कति–कति वर्षमा पर्छ ? अनि यो कहिले–कहिले पर्छ ? यस्ता प्रश्नले सामान्यदेखि शिक्षित जनसमुदायका मस्तिष्कमा समेत उत्कण्ठा पैदा गरिदिएको छ ।
अधिकमास भनेको बढी भएको महिना हो । एक वर्षमा बाह्र (१२) महिना हुन्छन् । गतेका आधारमा हुने वैशाख, जेठ आदि सूर्यको गतिचक्रका आधारमा मानिने सौरमहिना हुन् भने तिथिका आधारमा गनिने चान्द्रमहिना पनि हुन्छन् । यी तिथिहरू चन्द्रमाको कलाको क्षयवृद्धिका आधारमा गणना गरिन्छन् । गतेका आधारमा हुने सौरमहिना सामान्यतया तीस (३०) दिनको भएजस्तै तिथिका आधारमा हुने चान्द्रमहिना पनि तीस (३०) तिथिकै हुन्छ । एक चान्द्रमहिनामा तीस (३०) तिथि र शुक्ल र कृष्ण गरी दुई पक्षहरू हुन्छन् । त्यसैले तिथिका आधारमा विचार गर्दा एक वर्षमा सामान्यतया बाह्र (१२) चान्द्रमहिना र चौबीस पक्षहरू हुन्छन् । तर अधिकमास परेको वर्षमा तिथिका हिसाबले हुने चान्द्रमहिनाको संख्या तेह्र (१३) र पक्षको संख्या पनि छब्बीस (२६) हुन्छन् । त्यसैले हरेक सामान्य वर्षभन्दा अधिकमास परेको वर्षमा तिथिका हिसाबले एक महिना बढी हुन्छ । यही बढी भएको महिनालाई नै अधिकमास भन्ने गरिन्छ ।
अधिकमासलाई मलमास वा पुरुषोत्तममास पनि भनिन्छ । विकारका रूपमा वा मलका रूपमा आउने भएकाले यसलाई मलमास भनिन्छ भने यस महिनाको अधिपति पुरुषोत्तम भगवान् भएकाले यसलाई पुरुषोत्तम महिना वा पुरुषोत्तममास पनि भनिन्छ ।
पुरुषोत्तम महिनामा विशेष पूजा–आजा, यज्ञ–अनुष्ठान जस्ता धार्मिक कृत्यहरू गर्नुहुँदैन । चूडा, उपनयन (व्रतबन्ध) विवाहजस्ता संस्कारहरू गर्नुहुँदैन । त्यस्तै एकाह, सप्ताह, नवाहका रूपमा गरिने पारमार्थिक कार्यहरू पनि अधिकमासमा गर्नुहुँदैन । तर शरीर एवं चित्तशुद्धिका लागि हरेक दिन गरिने स्नान, सन्ध्योपासन, पाञ्चायन देवताको पूजा, स्वाध्याय, अतिथिसत्कारजस्ता नित्य कर्महरू, नामकरण (न्वारन), अन्नप्राशन (पास्नी) जस्ता निश्चित समयमा सम्पादन गर्नुपर्ने संस्कारहरू गर्न हुन्छ । त्यस्तै कोही व्यक्तिको मृत्यु भएमा हाम्रो आ–आफ्नो परम्पराअनुसार गर्नुपर्ने अन्त्येष्टि संस्कार अन्तर्गतका क्रियाकर्महरू गर्न हुन्छ र गर्नुपर्छ ।
पुराणवर्णित पुरुषोत्तम भगवानको पूजा–आराधना, व्रत–उपवास र अपूपदानादि कर्महरू (काँसको भाँडामा रोखेर गरिने मालपुवा दानजस्ता कर्महरू) भने अधिकमासमा कर्तव्यका रूपमा उल्लेख गरिएका छन् र त्यस्ता कर्मको महत्त्व पनि धेरै बताइएकोले गर्न हुन्छ र हामी सनातन धर्मावलम्बीहरूले गर्नुपर्छ पनि ।
सामान्यतया सौरमहिना र चान्द्रमहिना सँगसँगै हुन्छन् । दिनका हिसाबले एक चान्द्रमहिनामा लगभग साढे उनन्तीस (२९.५) दिन र एक चान्द्रवर्षमा ३५४ दिन हुन्छन् भने सौरवर्ष लगभग ३६५ दिनको हुन्छ । यसरी हेर्दा एक वर्षमा सौर र चान्द्र वर्षबीच ११ दिनको अन्तर पर्न आउँछ भने दुई वर्षमा यो अन्तर बढेर २२ दिन र तीन वर्षमा ३३ दिन हुन जान्छ । तसर्थ तेस्रो वर्षमा सौरमासको संख्या बाह्र (१२) भए पनि चान्द्रमासको संख्या तेह्र (१३) हुनजान्छ । त्यो बढी भएको तेह्रौं महिना नै अधिकमास हो । यसरी हरेक तीन वर्षभित्र एक चान्द्रमास बढी भएर अधिकमास पर्दछ ।
महिनालाई मास पनि भनिन्छ । अधिकमास पर्दा एक चान्द्रमास (शुक्लप्रतिपदादेखि औंसीसम्म)मा एउटा पनि सूर्यसङ्क्रान्ति पर्दैन । धर्मशास्त्रमा सूर्यसङ्क्रान्तिरहित महिनालाई अशुद्ध वा दोषयुक्त मानिएको हुनाले यसलाई मलमास पनि भनिएको हो । त्यस्तै कहिलेकाहीँ एउटै चान्द्रमासमा दुईवटा सूर्यसङ्क्रान्ति पनि पर्न सक्छ । त्यस्तो दुईवटा सूर्यसङ्क्रान्ति परेको मासलाई भने क्षयमास भनिन्छ । क्षयमास पर्दा अगाडि र पछाडि गरी दुईवटा अधिकमास पनि पर्दछन् ।
सौरमास र चान्द्रमासका बीच अन्तर बढ्दै जाँदा हरेक तीन वर्षभित्र एक महिना पुग्छ र अधिकमासको स्थिति देखापर्छ । सामान्यतया दुई (२) वर्ष, आठ (८) महिना, सोह्र (१६) दिन र चार (४) घडी पुगेपछि अधिकमास पर्ने सम्भावना हुन्छ । सूर्य र चन्द्रको गतिस्थितिका आधारमा यो निर्धारित हुन्छ । सूर्यको गति कम भई दिनहरू लामा हुने र महिनामा तीस (३०) दिनभन्दा बढी हुने सौरमासहरूमा अधिक चान्द्रमासको सम्भावना रहन्छ । तसर्थ प्रायः वैशाखदेखि असोजसम्ममा अधिकमास पर्दछ । तर क्षयमास परेको समयमा फागुन, चैतमा पनि अधिकमास पर्ने सम्भावना हुन्छ । त्यसैले सामान्यतया हरेक तीन वर्षभित्र फागुनदेखि असोजसम्मका मासहरूमा अधिकमास पर्दछ । जस्तो — वि. सं. २०७२ को असार महिनामा अधिकमास थियो र त्यसपछि आएर अहिले वि. सं. २०७५ को जेठ महिनामा अधिकमास परेको छ ।
अधिकमास भनेको एक प्रकारको विकार नै हो । त्यसैले ज्योतिषका फलित ग्रन्थहरूमा विशेष गरी संहिता ग्रन्थहरूमा अधिकमासको प्रायः अशुभ फलहरू नै बताइएको पाइन्छ तर अधिकमासको शुभाशुभ फलहरू अधिकमास परेको मासका आधारमा निर्धारित हुन्छन् । यस वर्ष जेठमा अधिकमास परेको छ । जेठमा अधिकमास पर्दा राष्ट्रमा शस्त्रकलहको स्थिति, राज्यपक्षबाट जनतालाई भय, चोरी–डकैतीको डर, घिउ, तेलजस्ता स्नेहजन्य पदार्थ र धान्यादि वस्तुहरूको मूल्यवृद्धिजस्ता फलहरू प्राप्त हुने कुरा ज्योतिषका संहिता ग्रन्थहरूमा बताइएको पाइन्छ ।
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...